‘जागिर जाओस तर रंगशाला भत्काउनेलाई छाड्दैनौ’ – सिडिओ बस्नेत

चितवन। चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर लगाएर बार भत्काउनेलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

आज भरतपुर महानगरपालिकामा भएको सर्वपक्षिय छलफलमा प्रजिअ बस्नेतले जोसुकैको दबाब र प्रभावमा कारवाहीका लागि पछि नपर्ने प्रतिकृया दिए । ‘जागिर नै किन नजाओस,सरुवानै हुन किन नपरोस,बढुवा रोकियोस तर कारवाही गरेरै छाड्छौं ‘ उनले भने ।

उनले घटनामा संलग्न मुख्य ब्यक्ति पक्राउ परेको र अन्य दोषिलाई पनि छिट्टै नियन्त्रणमा लिइने जानकारी दिए । उनले धुर्मुस सुन्तली फाउण्डेशनलाई मनोबल कमजोर नबनाउन र एक सेकेण्ड पनि काम नरोक्न उनको आग्रह छ ।