
काठमाडौ। हास्य टेलि चलचित्र भद्रगोलका मुख्य पात्र बले र रक्षाको नयाँ फिर्चड गीत सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द र शंकर थापाको संगीत रहेको टिकटकले डुबायो बोलको गीतमा रमेश श्रेष्ठको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा बले र रक्षा फिचर्ड छन्। उक्त गीतमा टिकटकले पारेको असरलाई देखाइएको छ ।
सागर लम्साल (बले) र रक्षा श्रेष्ठ चर्चित टेलिसिरियल भद्रगोल बाट चर्चामा आएका हुन्। भद्रगोल दर्शकले सबैभन्दा बढी हेर्ने र मन पराउने टेलिसिरियल हो । रक्षा र बलेले एकसाथ धेरै म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।
भिडियो हेर्नुहोस: