
काठमाडौँ । पत्रकारलाई गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत गएको वैशाख १८ गते ‘कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन्’ भनी उनीहरूको इज्जतमा खलल पु¥याएको आरोपमा शाहीविरुद्ध उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार शाहीलाई कानूनबमोजिम कारवाही गर्न नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्षद्वय दुर्गा थापा र गणेशकञ्चन भारतीले जिल्ला प्रहरी कार्यालयमार्फत काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा लिखित जाहेरी गर्नुभएको थियो ।
सोही बमोजिम शाही विरुद्ध विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता भई अदालतबाट पक्राउ आदेश जारी भएकाले उनलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । शाहीलाई समात्न खोज्दा अवरोध पु¥याउने दुई महिला र छ पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उक्त घटनामा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हबलदार प्रकाश बुढा, प्रहरी जवानहरु जीतबहादुर बोहोरा, हस्त सिंह, रामसागर बर्मा र पवन सुवेदी घाइते भएको प्रहरीले जनाएको छ ।
ज्ञानबहादुर शाही माथि प्रहरीको चरम यातना को भिडियो सामाजिक संजालमा चौतर्फी फ़ैलिएपछि उनका समर्थकले “खबरदार ! अब ज्ञानेन्द्र शाहि एक्लै छैनन, सबै नेपाली आउछन क-कसलाई कुट्छाै? भन्दै बिनय बस्नेतले ठाडो चेतावानी दिएका उक्त भिडियो हेर्नुहोस: