कम्युनिष्ट नेताहरु पढाई कसको कति ? हेर्नुहोस्

काठमाडौं। नेपाली राजनीतिमा सक्रिय र चर्चामा रहेका नेताहरुमा औपचारिक डिग्रीको हिसावले काङ्ग्रेस अगाडि छ । जस्तो सुकै कालमा पनि उनीहरुले औपचारिक शिक्षालाई छोडेनन् । तर, कम्युनिष्ट नेताहरु भने औपचारिक पढाइलाई खासै महत्व दिएनन् । यधपी ज्ञानका दृष्टिले भने कम्युनिष्ट नेताहरु नै अगाडि देखिन्छन् । किनकि, भूमिगत काल प्रायः नेताहरुले स्वअध्ययनमै बिताए । उनीहरुसँग शैक्षिक प्रमाणपत्र त छैन । तर, ज्ञानमा अब्बल छन् । हामीले यहाँ नेपालका कम्युनिस्ट नेताहरु मध्य १५ जना नेताहरुको शैक्षिक योग्यताको बारेमा छोटोमा चर्चा गरिएको छ ।

(१) केपी शर्मा ओली (प्रधानमन्त्री)

प्रधानमन्त्री ओलीले झापाको आदर्श माविबाट २०२८ सालमा एसएलसी उत्र्तीण गरेका हुन् । भूमिगत जीवनका कारण औपचारिक शिक्षा कम भए पनि १४ वर्षे जेल जीवनका क्रममा उनले राम्रो स्वअध्ययन गरेका छन् । उनी नेपाली साहित्य, राजनीति, कुटनीति र समाजशास्त्र र नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्छन् ।

(२) प्रचण्ड (नेकपा अध्यक्ष)

पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले कृषि विषयमा बिएस्सी गरेका छन् । २५ वर्ष लामो भूमिगत जीवन र सशस्त्र संघर्षको नेतृत्व गरेका प्रचण्डसँग दर्शन, इतिहास, अर्थशास्त्र, कुटनीति र नेपाली साहित्यको राम्रो ज्ञान छ । उनी चलाख र प्रतिभाशाली मानिन्छन् । प्रचण्ड नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्छन् ।

(३) माधव कुमार नेपाल (पूर्व प्रधानमन्त्री)

पूर्व प्रधानमन्त्री नेपालले त्रिभूवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातक गरेका छन् । उनीसँग नेपाली, हिन्दी, मैथिली र अंग्रेजी भाषाको ज्ञान छ । उनीसँग राजनीतिशास्त्र र दर्शनका क्षेत्रमा समेत गहिरो ज्ञान छ । नेता नेपाल कुटनीतिमा अब्बल मानिन्छन् ।

(४) मोहन बैध किरण (अध्यक्ष नेकपा क्रान्तिकारी माओवादी)

नेपाली कम्युनिस्ट राजनीतिमा सादा जिवन र उच्च बिचारको रुपमा चिनिने ‘किरण ‘को औपचारिक रुपमा स्तातकोत्तर सम्मको अध्ययन छ । उनि एक बिचारकको रुपमा परिचीत छन भने कम्युनिस्ट दर्शन र साहित्य क्षेत्रमा बौध नै हावी देखिन्छ । उनि प्रचण्डका राजनीतिक गुरु समेत हुन ।

(५) डा. बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा. भट्टराईले इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । भट्टराई नेपालका नेताहरुमा सबैभन्दा बौद्धिक नेता मानिन्छन् । राजनीति, अर्थशास्त्र, दर्शन, कुटनीति, समाजशास्त्र लगायतका धेरै विषयमा उनको गहिरो ज्ञान छ । उनी नेपाली, हिन्दी, मैथिली, अंग्रेजी लगायतका भाषामा दख्खल राख्छन् ।

(६) नेत्रविक्रम चन्द (नेकपा महासचिव)

स्नातकसम्मको औपचारिक अध्ययन गरेका माओवादी भुमिगत हुदैका नेता तथा कमान्डर विप्लव अहिले पनि अर्धभूमिगत छन् । नेता विप्लवसँग कुटनीति, दर्शन, इतिहास र संगठनमा राम्रो ज्ञान छ। विप्लवसँग ‘मास’लाई प्रभावित गर्नसक्ने वाक कला , लेखन र साहित्य क्षेत्रमा अब्बल नेताका रुपमा परिचीत छन । उनि एक इमानदार बहादुर नेता भनेर चिनिन्छन ।

(७) प्रदीप ज्ञवाली (नेता नेकपा)

मन्त्री ज्ञवालीको औपचारिक शिक्षा एसएलसीसम्म मात्र छ । तर, उनी दर्शन, अर्थशास्त्र, समाजशास्त्र, इतिहासमा गहिरो ज्ञान राख्छन् । पञ्चायत कालको धेरै समय स्वअध्ययनमा बिताएका ज्ञवाली नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्छन्, ज्ञवाली नेपालका बौद्धिक नेताहरुको कोटी पर्छन् ।

(८) वर्षामान पुन (नेता नेकपा)

मन्त्री पुनले कानूनमा स्नातक गरेका छन् । सशस्त्र विद्रोह कालमा फौजी मोर्चाको नेतृत्व गरेका पुन कुटनीति र संगठनमा राम्रो दख्खल राख्छन् । यसका साथै अर्थशास्त्र, समाजशास्त्र र इतिहासमा उनको राम्रै ज्ञान छ । उनी शालिन नेता मानिन्छन् ।

(९) पम्फा भुसाल (नेता नेकपा)

स्नातकसम्म औपचारिक शिक्षा लिएकी नेतृ भुसाल पूर्वमन्त्री हुन् । मन्त्री भुसाल राजनीति र संगठनका क्षेत्रमा राख्ने दख्खल राख्छिन् । नेपालका महिला नेताहरुमध्ये उनी अग्रभागमा छिन् ।

(१०) योगेश भट्टराई (नेता नेकपा)

भट्टराईले समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् । नेता भट्टराई युवा पुस्ता र बौद्धिक समुदायमा लोकप्रिय छन् । अध्ययनशील नेता भट्टराईले सामयिक राजनीतिमा राम्रो प्रभाव राख्छन् ।

(११) गोकर्ण बिष्ट (श्रम मन्त्री)

मन्त्री बिष्टले वाणिज्यमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । एमालेभित्र बौद्धिक नेता मानिने बिष्ट अध्ययनशील छन् । उर्जा मन्त्री हुँदा विद्युत महशुल संकलनमा सफलता हासिल गरेपछि उनी चर्चामा छन् । बिष्ट राजनीतिशास्त्र, इतिहास र संगठनमा पनि राम्रो दख्खल राख्छन् ।

(१२) जनार्दन शर्मा (नेकपा नेता)

शिक्षा शास्त्रमा स्नातक गरेका पूर्व उर्जामन्त्री शर्मा लोकप्रिय युवा नेता हुन् । खरो स्वाभाव र परिणाममूखी काममा विश्वास गर्ने शर्माले उर्जामन्त्री हुँदा उज्यालो अभियानको नेतृत्व गरेका थिए । पूर्व डेपुटी कमाण्डर समेत रहेका उनी हक्की स्वाभाव छन् ।

(१३) लालबाबू पण्डित

एसएलसीसम्म औपचारिक अध्ययन गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डित नेपालका लोकप्रिय नेता हुन् । बौद्धिकताका दृष्टिले चर्चामा नरहे पनि अघिल्लो कार्यकाल सामान्य प्रशासनको जिम्मेवारी सम्हाल्दा डिभी र पिआरधारीमाथि अंकुश लगाउने उनको काम चर्चाको शिखरमा रह्यो ।

(१४) मातृका यादव

आइएडसम्मको औपचारिक शिक्षा लिएका मन्त्री यादव माओवादी नेता पनि हुन् । मधेशमा राम्रो पकड राख्ने मन्त्री यादव आदर्शको राजनीति मन पराउँछन् ।