कतारको विकासमा नेपालीको पसिना परेको छ, नेपालप्रति बढी नै आभारी छौं – युसुफ विन महोम्मद

काठमाडौं। ‘हामी कतारीको यो पुस्ता अब कामै नगरी बस्दा पनि पुग्ने अवस्थामा छ तर पनि हामी काम गरिरहेका छौं’, कतारी राजाकी बहिनी शेख हिन्दले दि गार्डियनमा भनेको उपयुक्त धारणा स्मरण गर्छन्, नेपालका लागि कतारी राजदूत युसुफ विन महोम्मद अहमेद मोहम्मद अल हैल।

कतारमाथिको नाकाबन्दीले मुलुकभरि आत्मनिर्भर र राष्ट्रप्रेमको लहर देखिएको छ। यो लोभलाग्दो र अनुकरणीय छ। कतार विगत दुई वर्षदेखि छिमेकी साउदी अरेबिया, इजिप्ट, युनाइटेड अरब र बहराइनको घोषित नाकाबन्दीमा छ। कतारले आफूलाई झन् खार्‍यो, परनिर्भरता हटाएको छ।

कूटनीतिक करिअर (१९९७) मा आउनुअघि फुटबलका राष्ट्रिय खेलाडीसमेत रहेका हैलको मुलुकमा दुई वर्षपछि विश्वकप आयोजना हुँदै छ। नेपालीको प्रशंसा गर्दै नेपाललाई दोस्रो घरको संज्ञा दिने उनै राजदूत हैलसँग नेपाल–कतार सम्बन्ध, कामदारको अवस्था, सहकार्य, नाकाबन्दी, विश्वकपको तयारीलगायतमा चन्द्रशेखर अधिकारीले गरेको कुराकानी :

नेपाल र कतारबीच सम्बन्ध स्थापित भएको चार दशक पूरा भइसकेको छ, अहिले सम्बन्ध कुन तहमा छ ?

नेपाल र कतार सम्बन्ध आरम्भदेखि नै सुमधुर छ। कतारको विकासमा नेपालीको ठूलो योगदान छ। हामी नेपालप्रति बढी नै आभारी छौं। जनस्तरले जोडेको सम्बन्ध सरकारीभन्दा बलियो हुन्छ। सम्बन्ध थप मजबुत, प्रगाढ र रचनात्मक हुँदै अघि बढेको छ। लामो द्वन्द्वपछि राजनीतिक स्थायित्व कायम हुँदै यतिबेला नेपाल विकासको गतिमा अघि बढेको देखेको छु। तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै संविधान कार्यान्वयनको चरणमा अघि बढेको देख्दा हामी खुसी छौं।

दूतावास स्थापनासँगै सम्बन्ध बलियो हुँदै गएको र उच्चस्तरको भमणले नयाँ आयाम थपेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण र त्यसअघिका अन्य भ्रमण सम्बन्धको अर्को आयाम हो। दुईपक्षीय व्यापार र लगानीमा हामी उत्साहित छौं। अब यसतर्फ उन्मुख हुनुपर्छ। अन्तर्राष्ट्रिय मञ्चमा कतारले नेपालको साथ र नेपालले कतारको साथ पाइरहेको छ। पुरा पढ्नुहोस…