
पोखरा । एक नेपाली पुरुषले आफुहरुलाई प्रेमको जालमा पारेर पैसा झ्याम पारी, इज्जत समेत लुटी आफुहरुलाई बर्बाद बनाएको भन्दै २ युवतीहरु गण्डकी टेलिभिजनको कार्यालयमा आइपुगे । जसमध्ये एक भारतबाट आएकी थिइन, अर्की नेपाली थिइन । आफुहरु मात्र नभई उक्त पुरुषबाट अन्य थुप्रै युवतीहरु समेत पिडित रहेको उनीहरुले बताए ।
उनीहरु मध्ये एक जनाले प्रहरीकोमा जाहेरी समेत दिएकी रहीछन । तर प्रहरीकोमा जाहेरी दिएपछी आफुलाई ज्यान मार्ने धम्की आएको उनले बताइन ।
देव मगर भनेर चिनीने भक्त बहादुर तुम्सीङ नाम गरेको उक्त पुरुषले आफुसंग प्रहरी देखी गुण्डासम्मको पहुच भएको भन्दै धम्काउने गरेको उनीहरुले जनाए ।
पिडित भनिएका युवतीहरुको कुरा सुनिसकेपछी कास्की प्रहरी संग यस बिषयमा जवाफ मागीएको छ । युवतीहरुको पिडा र प्रहरीको जवाफ सहितको गण्डकी छड्केको यो हप्ताको बिशेष श्रृखला तलको भिडियोमा हेर्नुहोस: