रातारात धुर्मुस र स्थानीयबीच वार्ता, भयो यस्तो सहमति (भिडियो)

चितवन। धुर्मुस–सुन्तली फाउण्डेशन र स्थानीयबीच वार्ता भएको छ । बाटोको विषयलाई लिएर प्रभावित क्षेत्रका स्थानीयले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी पर्खाल भत्काइदिएका थिए । त्यसयता फाउण्डेशन र स्थानीय पक्षबीच चर्काचकी हुँदै आएको थियो र यो विवादले देशभर तरंग ल्याएको थियो ।

शुक्रबार राती शान्तीचोकस्थित फाउण्डेशनकै कार्यालयमा भएको वार्तामा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरेसहितका पदाधिकारी सहभागी थिए । स्थानीय प्रभावितका तर्फबाट पाँच वटा टोल विकास संस्थाकाका प्रतिनिधि वार्तामा गएका थिए ।

वार्तामा धुर्मुसले रंगशालाको दक्षिणतर्फ रहेको बाटो फराकिलो बनाउन आफूहरुले पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले रंगशाला निर्माणमा स्थानीयलाई पनि सँगसँगै लिएर अघि बढ्ने दृढता व्यक्त गरे । यस्तै वार्तामा स्थानीयकै सहभागितामा भत्काइएको जस्तापाताको अस्थायी पर्खाल पुनः लगाउने सहमति भएको छ ।

भिडियो हेर्नुहोस: