
काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको जिम्मा लिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गाशाला निर्माणको नाममा चितवनका विद्यालयमा चन्दा आतंक देखिएको छ । विद्यालयले विद्यार्थीका अभिभावकलाई पत्र नै पठाएर कम्तीमा एक सय रुपैयाँ चन्दा दिन भन्ने गरेको पाईएको छ । एउटा विद्यालयले विद्यार्थी मार्फत अभिभावककोमा पठाएको पत्र सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
जेठ १५ गते स्थनीयले रंगशालाको बारमा डोजर चलाएपछि धुर्मस सुन्तली फाउडेशनले विज्ञप्ती नै निकालेर काम रोकेको छ । डोजर चलाउने प्रकाश कडेँलसहितका १६ जनालाई पक्राउ गरेर प्रहरीले कारबाहीको सुरु गरेको छ । निर्माणको काम रोकेपछि सामाजिक सञ्जालमा धुर्मुसको आलोचनाई भईरहेको छ ।
विद्यालयले विद्यार्थीसँग चन्दा लागि अभिभावकलाई पत्राचार गरेको बारेमा पत्रकार विनोद ढकालले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
पत्रकार रमेश सापकोटाले पनि सामाजिक सञ्जालमा धुर्मसले चन्दा उठाएर रङ्गाशाला बनाउने काम सुरु गरेको आफूलाई मन नपरेको भनेर लेखेका छन् ।