दौरा सुरुवाल पछी डा. बाबुराम भट्टराई देखिए मुस्लिम अवतारमा

काठमाडौं। सधैँजसो कोट पाइन्टमा देखिने डा बाबुराम भट्टाई केही महिना अघि मध्यपहाडी यात्रामा निस्कँदा दौरा सुरुवालमा देखिए। पाँचथरबाट सुरु भएको उनको त्यो यात्रा कर्णाली पुगेपछि बाबुरामले दौरा सुरुवालमा अवतार फेरे। तर अहिले अवस्था फेरिएको छ ।

माओवादीबाट फुटेर बनाइएको नयाँ शक्ति नेपालले गत चुनावमा गतिलो नतिजा नदिएपछि हालैमात्र उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेका छन्। नयाँ शक्ति र फोरमको एकतापछि बाबुराम अहिले तराई मधेस मिसनमा छन् । तराई मधेस मिसनका क्रममा उनी केही दिनअघि धोतीमा देखिएका थिए ।

उनी सकेसम्म स्थानीय जातजातिकै पोशाक लाउने कोशिसमा देखिन्छन। तराई मधेस झरेपछि उनीले त्यहाँका स्थानीय समुदायको पोशाक लगाएर मन जित्ने कोशिश गरेका छन् । पछिल्लो पटक शनिबार उनी बाँकेको नेपालगन्ज पुगे। जहाँ उनी मुस्लिम अवतारमा देखिए।

मुस्लिम धर्मावलम्बी लगाउने टोपीसहित मस्जिदमा देखिएका हुन् नेपालगन्जमाा आयोजित मुस्लम समुदायले आयोजना गरेको इफ्तार पार्टीमा उनले अर्को अवतार फेरे। उनी मुस्लिम पोशाकमा मात्रै देखिएनन्, बसेर प्रसाद पनि खाए। ‘नेपालगन्जमा इस्लाम धर्मावलम्बीहरूको इफ्तार पार्टीमा ! धार्मिक विविधता, सहिष्णुता र धर्मनिरपेक्षताको सार्थक अभ्यास गरौं !’, यति भन्दै उनले माइक्रो ब्लगिङ साइट ट्विटरमा केही तस्बिर राखेर ट्विट गरेका छन्।