
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का प्रभावशाली नेता तथा पुर्व गृहमन्त्री बामदेव गौतमले आजभोली आफु काम बिहिन जस्तै भएको गुनासो पोखेका छन् । कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम फायर साइडमा भुषण दाहालसँग कुराकानी गर्दै नेता गौतमले आफु अहिले पार्टिको काम केहि नभएको र सामान्य काम गर्दै टाइमपास गरेर जिवन बताएको गुनासो गरेका हुन् ।
निर्वाचनमा जाँदासम्म मलाई एक मिनेट फुर्सद थिएन, उनले भने, ‘निर्वाचन हारेर आइसकेपछि लगभग एक महिना धेरै काम गर्नुपर्यो । पार्टि एकतासम्म पनि धेरै काम थियो, पार्टि एकिकरणका लागि म निकै खटेर काम गर्नुपर्यो । त्यसपछि मेरो काम भएन, त्यत्तिकै लेख्ने–पढ्ने गरेर बसिरहेको छु ।’
पार्टि एकिकरण पछि तिनमहिनामा सवै काम सक्नुपर्ने भनिएको थियो तर एकबर्ष लागेको उनले बताए । दुई तिहाई भएको बलियो सरकारको अवस्थामा भुमिका बिहिन भएर बस्नु त राम्रो लक्षण त होइन नि ? गौतम भन्छन्, ‘हुँदो रहेछ । किनभने केन्द्रिय कमिटीको एकिकरण भयो, केन्द्रिय कमिटी सदस्यको कार्यविभाजन छैन । स्थायी कमिटी बन्यो, त्यसको कार्यविभाजन छैन । सचिवालय बन्यो, त्यसका सदस्यहरुमध्ये अध्यक्ष दुईजनाको काम हुने भैहाल्यो, महासचिवको पनि काम हुने भयो । प्रवक्ताले बेला–बेलामा पार्टिका विचार वाहिर ल्याउनुहुन्छ, अरु कसैको काम छैन ।’ यो काम हुन नपाउनुको मुख्य कारण भनेको दुइवटा अध्यक्ष हुनु पनि हो । र्दुवटा अध्यक्ष बनाउनु आफुहरुको बाध्यता भएको भन्दै उनले थपे, ‘सरकार संचालन गर्ने र पार्टि संचालन गर्ने मान्छे एउटा हुनुपरेकाले पार्टिभित्रका सदस्यहरुको कार्यविभाजन हुन नपाएको हो ।’
त्यसो त नेता गौतमले पार्टि एकिकरणको मुख्य कामहरु अझैं नसकिएको बताएका छन् । पार्टिभित्रका नेताहरुमध्ये हरेक व्यक्तीको कार्यविभाजन नभएसम्म पार्टिको महत्वपुर्ण काम नसकिने उल्लेख गर्दै उनिहरुले कामको जिम्मा पाएपछि पार्टिको महत्वपुर्ण काम सकिने बताए । ‘हाम्रो पार्टिमा झण्डैं ८ लाख सदस्य छन्, उनिहरु सबैको अर्थात ८ लाख प्रकारका कामको विभाजन हुनुपर्छ,’ उनले थपे, ‘जुन दिन यो काम सम्पन्न गर्छौ, त्यसपछि पार्टिको विशेष काम सकिनेछ ।’
फायर साइडमा प्रभावशाली नेता गौतमसँग गरिएको निकै रोचक अन्तरवार्ताका लागी तल दिइएको भिडियो हेर्नुहोला: