सुन्तलीले आफ्नो धरातल बिर्सेको भन्दै मिना ढकालले दिइन् कडा प्रतिक्रिया

काठमाडौं । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काईएको छ । आज विहान केहि ब्यक्तिहरुले डोजर लगाई जस्ताको बार लगायत केही संरचना पनि भत्काए हो ।

स्थानीय नेकपा नेता प्रकाश कंडेलको नेतृत्वमा आएको समूहले डोजर लगाएर तारबारसहितको संरचना भत्काएको थियो । डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार लगाएत केहि संरचना भत्काइदिएको धुर्मुस सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन् ।

ति ब्यक्तिहरुले बार भत्काउने क्रममा धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएको जनाएका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताए ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यति बेला चौतर्फी चर्चापरिचर्चा भईरहेको छ । चाहे त्यो सकारात्मक रुपमा होस् वा नकारात्मक रुपमा । यसैबीच, चर्चित हास्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले कुञ्जना घिमिरे उर्फ सुन्तलीमाथि गम्भीर प्रश्न उठाएकी छन् ।

राष्ट्रिय रुपमा ख्यातीप्राप्त र नेपाली जनताले आदर्श मानेका व्यक्तीले स्थानिय जनतालाई सार्वजनिक रुपमै देशद्रोही र अपराधी भन्नु सर्वथा गलत भएको ढकालले फेसबुकमार्फत टिप्पणी गरेकी हुन् ।
यस्तो छ उनको फेसबुक स्टाटसः–

“सहयोग कहाँ र कस्तो ठाउमा गर्ने हो, अलि बिचार पुर्याउनु जरुरी हुन्छ, गाँस नै काटेर गरेको सहयोगको सहि सदुपयोग हुन्छ कि हुन्न बिचार पुर्याउनु पर्छ! अनि एउटा राष्ट्र स्तर र नेपाली जनताले आदर्श मानिएका ब्यक्तिको जिब्रो बाट अपराधी,देसद्रोहि लगायतक शब्द मिडियाका सामु बोल्दा आफ्नो धरातल पो बिर्सियो कि 😏!!# रंगशाला #”