प्रहरीलाई ‘चेन अफ कमाण्ड’ तोड्न रमेश खरेलको उर्दी

काठमाडौ। प्रहरी सँगठन भित्र चेन अफ कमाण्डलाई निकै महत्वपुर्ण मानिन्छ । चेन अफ कमाण्डलाई प्रहरीको गहना मात्रै होइन अनुशासनको कडी मानिन्छ । आइजीपी हुन नपाएर प्रहरी सँगठनबाटै राजिनामा दिएर हिँडेका पुर्व डिआइजी रमेश खरेल आज एकाएक आन्दोलनकारी बनेर सडकमा निस्किएका छन् । नेपालका लागी नेपाली अभियानले आज माइतीघ मण्डलामा निकालेको जुलुसमा देखिएका पुर्व डिआइजी खरेलले प्रहरीलाई जसको आदेश भए पनि खुरुखुरु नमान्न आग्रह गरेका छन् । आदेशले होइन ब्रम्हले चल्न पनि खरेलले प्रहरीलाई आग्रह गरेका छन् ।
गत चैत २८ गते नेपाल प्रहरीबाट राजीनामा दिएका पूर्वडिआइजी रमेश खरेल भ्रष्टाचारविरुद्धको अभियानमा जुटेका छन्। राजीनामा पछि पहिलो पटक नेपालका लागि नेपाली अभियानले शनिबार राजधानीमा गरेको भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी भएका हुन्।

माइतीघरबाट सुरु भएको र्‍यालीलाई बानेश्वरमा सम्बोधन गर्दै खरेलले भने, ‘कानुनविपरीतका नाङ्गो नाच विरुद्ध आजबाट म पनि सडकमा आएको छु, अब म तपाईहरुसँगै हुनेछु।’

त्यसक्रममा उनले प्रहरीलाई ‘इलिगल अर्डर’ नमानि आफ्नो ब्रम्ह प्रयोग गर्न र व्यवसायिक बन्न आग्रह गरे। आफूहरुको शान्तिपुर्ण र्‍यालीमा धेरै प्रहरी खटिएको भन्दै पूर्वडिआइजी खरेलले कानुनअनुसार गरिएको विरोधमा भन्दा अपराधी खोज्ने कार्यमा जान पनि आग्रह गरेका छन्।

उनले भने, ‘हामी कानुनअनुसार शान्तिपुर्ण कार्यक्रम गर्छौं। तपाईहरू म्यानेज गर्न आउनु पर्दैन। अपराधीलाई कानुनको दायरामा ल्याउन जानुस्।’ भ्रष्टचारविरुद्धको अभियानमा सहभागीहरूलाई खरेलले अरूको विरोध गर्न पहिले आफू सही हुनुपर्ने भन्दै सबैलाई सचेत भएर कानुनअनुसार अगाडि बढ्न आग्रह गरेका छन्।

२०४५ सालमा भलिबल खेलाडीका रुपमा नेपाल प्रहरीमा सेवा सुरू गरेका खरेलले गत चैत २८ गते डिआइजीबाट राजीनामा दिएका थिए। सरकारले सर्वेन्द्र खनाललाई आइजिपी नियुक्त गरेपछि खरेल असन्तुष्ट भएका हुन्। तर त्यसपछि कुनै असन्तुष्टि र मुद्दामामिलामा नलागी खरेलले राजीनामा दिएका थिए। राजीनामा पछि पहिलो पटक उनी नागरिकसँगै सडकमा आएका हुन्।

नेपालीका लागि नेपाली अभियानले भ्रष्टाचार नियन्त्रण, निर्मला पन्तको हत्यारालाई कार्वाही, पक्राउ परेका नागरिक आन्दोलननका अभियन्ताको रिहाई लगायतका माग राख्दै शनिबार विरोध र्‍याली गरेका हुन्।

र्‍यालीलाई सम्बोधन गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले सरकारले यसैगरी नागरिकलाई दमन गरिरहे सत्ता बस्नेको दिनगन्ती सुरू हुने चेतावनी दिए। वर्तमान सरकारलाई दुई तिहाई नागरिकले भ्रष्टाचारीलाई संरक्षण गर्न, मुलुक र नागरिकता बेच्न नदिएको उनको भनाई छ।