
निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिएका थिए ।
कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिए ।
ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२/१२ जना प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठको सट्टा गायक राजेश पायल राई आएका छन् ।
कोरोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्र कम देखिएको कारण ह्याम्स अस्पताल भर्ना भएका श्रेष्ठ १६ दिन सम्म अस्पताल बसेका थिए । केही दिन घरमै आईसोलेसन बस्ने गरेर अस्पतालले श्रेष्ठलाई डिस्चार्ज गरेको हो । द भ्वाइस अफ नेपालमा कोच श्रेष्ठ जान नसके पछि गायक राजेश पायल राई आएका छन् ।