२०३० सम्ममा देशभरका जनतामा प्रशोधित शुद्ध पानी र्पुयाउँछौँ: मन्त्री मगर

भक्तपुर। खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सरकारले आउँदो २०३० सम्ममा देशभरका जनतामा प्रशोधित शुद्ध पानीको पहुँच र्पुयाउने लक्ष्य लिएको बताउनु भएको छ ।

आज सूर्य्विनायक नगरपालिका वडा नं.८ मा सिपाडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण सुरु गरेको ३ लाख लिटर क्षमताको नयाँ पानी ट्यांकीको शिलान्यास गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा सूर्य्विनायक नगरपालिकाले छिटोभन्दा छिटो खानेपानीको पहुँच बढाउँदै एक घर एक धाराको अभियान सञ्चालन गरेर उदाहरणीय कार्य गरेको उहाँले चर्चा गर्नुभयो ।

सरकारले खानेपानीमा लगानी गरेको तीन वर्षमा सक्नुपर्ने आयोजनाहरु ५ वर्षमा पनि नसकिने र राज्यले पर्याप्त बजेट दिन नसक्दा कयौ आयोजनाहरु अलपत्र अबस्थामा रहनु बिडम्बना भएको बताउनुभयो ।