एकदिन याे पृथ्वी रहने छैन

‘एकदिन पृथ्वीबाट मानवजाति हराएर जानेछन्’- वैज्ञानिकहरुले यो अनुमान पहिले नै गरेका छन्। मानवजाति पृथ्वीबाट हराएर जाने कारणहरु मध्ये एक हो महामारी। करब १०० वर्षअघि देखिएको ‘स्पेनिस फ्लु’ होस् वा हालको ‘कोरोना भाइरस’ महामारी यो वैज्ञानिकहरुको अनुमानलाई पुष्टि गर्ने प्रमाण हो।

‘स्पेनिस फ्लु’ र अहिलेको महामारी त लगभग नियन्त्रणमा आयो तर वैज्ञानिकका अनुसार भविष्यमा यस्ता महामारी पनि आउन सक्छन् जसलाई मानवजातिले नियन्त्रणमा लिन सक्ने छैन। जसकारण मानव जाति लोप हुन सक्नेछ।

यसबाहेक यस्ता थुप्रै कारणहरु छन्, जसकारण मानव जाति एकदिन यो पृथ्वीमा रहने छैन। तर यहाँको जीवन भने चलिरहनेछ। बस् हाम्रो ठाउँमा अरु कसैको वर्चस्व हुनेछ।

हामी भाग्यमानी छौँ। हामीसँग सूर्य छ जसले ऊर्जा दिन्छ। हामी सूर्यसँगको त्यो दूरीमा छौँ जहाँ पानी तरल रुपमा रहन्छ। जसलाई वैज्ञानिक भाषामा ‘गोल्डिलक्स जोन’ भनिन्छ।

हामीसँग ठूलो आकारको चन्द्रमा छ जसको गुरुत्वाकर्षणका कारण पृथ्वी आफ्नो अक्षबाट डगमगाउँदैन र मौसम प्रणाली स्थिर रहन्छ। पृथ्वीको माथि वायुमण्डलमा ओजन तह छ जसले सूर्यबाट आउने घातक रेडिएसनबाट जोगाउँछ र पृथ्वीसँग चुम्बकीय क्षेत्र छ जसले सूर्यबाट आउने सौर्य तुफानबाट पृथ्वीलाई जोगाउँछ।

यी कारणले नै पृथ्वी हराभरा छ। पृथ्वीमा र यसको वायुमण्डलमा यस्ता तत्वहरु छन् जसले यहाँ जीवहरुका लागि बाँच्न उपयुक्त वातावरण छ। जुन अरु कुनै ग्रहमा अहिलेसम्म भेटिएको छैन।

हाम्रो सौर्यमण्डल बनेको करिब साढे चार अर्ब वर्ष भयो। बितेका साढे चार अर्ब वर्षमा धेरै त्यस्ता घटना पृथ्वीले सहेको छ जसकारण यो हराभरा छ। विभिन्न कालखण्डमा घटेका विभिन्न घटनाले यहाँ जीव र जीवन बाँच्न लायक बनाइदिएको छ। आज पृथ्वीमा मानवजातिको वर्चस्व छ। जस्तो कि कुनै समय डायनासोरको थियो र त्यो भन्दा अघि अरु कुनै जीवको।

तर जुन अवस्थाका कारण मानव जाति अस्तित्वमा रहेको छ के सधैँ यस्तै भइरहने छ ? वैज्ञानिक भन्छन् यस्ता धेरै कारण छन् जसकाकारण हाम्रो अस्तित्व यो पृथ्वीबाट मेटिएर जानेछ ।

ब्रम्हाण्डमा यस्ता धेरै खगोलीय घटना हुन्छन् जसकाकारण पृथ्वीको विनास हुनेछ। आफ्नै कारण पनि हाम्रो अस्तित्व मेटिन सक्नेछ ।

अमेरिकी खगोल भौतिक विज्ञ एलेक्स फिलिप्पेन्को भन्छन्, ‘यस्ता धेरै तरिका छन् जसका कारण हामीले आफूलाई मेटाउने छौँ । परमाणुबाट हुने विनाश, जैविक या रासायनिक युद्ध वा माहामारी जसकारण पृथ्वीबाट मानव जातिको अस्तित्व समाप्त हुनेछ।’

परमाणु हतियार मानवद्वारा निर्मित सबैभन्दा खतरानाक हतियार हो जसले मानव जातिकै अस्तित्व समाप्त गर्नसक्छ । अझ भनौँ यो मानव जातिका विरुद्ध नै प्रयोग गर्नका लागि बनाइएको हो । दोस्रो विश्वयुद्धमा यसको प्रयोग पनि भएको थियो । १९४५ मा अमेरिकाले जापान विरुद्ध प्रयोग गरेको यो हतियार अहिले वा भविष्यको कुनै युद्धमा प्रयोग भएमा यसले ठूलो क्षति निम्त्याउने पक्का छ ।

फिलिप्पेन्को भन्छन्, ‘परमाणुसँगै प्रयोगमा आउनसक्ने अर्को हतियार जैविक या रासायनिक हो । जसकारण मानव जातिको विनास हुनसक्छ ।’

अगष्ट २१, २०१३ सिरियाका विद्रोहीहरुले राजधानी दमास्कसमा रासायनिक हतियार प्रयोग गरेको पाइएको थियो । त्यस्तै सिरियामै २०१८ मा सरकारी सेनाले रासायनिक हतियारको प्रयोग गरेको पुष्टि भएको थियो ।

फिलिप्पेन्का अनुसार ‘फ्लु’ नियन्त्रण गर्न कुनै पक्का कदम उठाउन नसक्दा पृथ्वीबाट मानव जाति लोप भएर जानसक्छ । करिव १०० बर्ष अघिको स्पेनिस ‘फ्लु’ होस् वा हालको ‘कोरोना भाइरस’ जसले मानव सभ्यतामाथि महामारीको खतरा देखाएका छन् ।

अमेरिकी खागेलविद् लौरा डेली भन्छिन्, ‘मानव जातिले आफ्नो अस्तित्वमाथि कुनै ठूलो खतरा निम्त्याएका छन् भने त्यो हो चाहिने भन्दा धेरै जनसंख्या । यस्तै चलिरहयो भने त्यो दिन टाढा छैन पृथ्वीमा मानव जाति बाँच्न सक्ने छैनन् ।’

वैज्ञानिकहरका अनुसार आफ्नै कारण अन्त्य नभएपनि माजव जातिको विनाश निश्चित छ । फिलिप्पेन्कोका अनुसार ‘त्यस्ता धेरै प्राकृतिक घटना सम्भव छन् जसका कारण पृथ्वीबाट धेरै प्रजातिहरु लोप हुनसक्छन् ।

पृथ्वीमा बेलाबेलामा ज्वामुली बिस्फोट हुने गरेका छन् । वैज्ञानिक फिलिप्पेन्को भन्छन्, ‘ठूलो ज्वालामुखी विस्फोटबाट निस्केको धुँवा धुलोले सूर्यको प्रकाश पृथ्वीमा प्रवेश नपाउँदा तापमान घटेर हामी ‘आइस एज’मा पुग्ने सम्भावना छ ।’

हाम्रो पृथ्वीमा कमेट(धूमकेतु) वा एस्ट्रोइड(क्षुद्रग्रह) ठोक्किने सम्भावना धेरै छ । हाम्रो सौर्य मण्डल वा बाहिर यस्ता ठूला चट्टानका टुक्राहरु घुमिरहेका हुन्छन् जुन पृथ्वीको गुरुत्व आकर्षणका कारण ठोक्किन आइपुग्छन् ।

फिलिप्पेन्को भन्छन्, ‘यदि यस्तो भयो भने पृथ्वीबाट धेरै जीवका प्रजातिहरु मेटिन सक्छन् । र यदि ठोक्किने कमेट वा एस्ट्रोइडको चौडाइ १६ किमी वा त्यो भन्दा धेरै भयो भने त्यसले पृथ्वीमा धेरै क्षति पुर्‍याउने छ । धेरै मात्रामा धुलो पृथ्वीको वातावरणमा फैलिने छ । सूर्यको प्रकाश पृथ्वीमा घुस्न पाउने छैन । जसकारण वनस्पति नासिने छन् । पहिला शाकाहारी जीव मर्नेछन्, अनि मांसाहारी जीव मर्नेछन् र अन्त्यमा धेरैजसो जीवहरु पनि ।’

ठक्करका कारण निस्कने कार्वनडाइअक्साइड पानीमा मिसिएर अम्लीय बर्षा हुनेछ । जसकारण अन्नबाली र समुन्द्री जीवहरु सकिने छन् । र, अन्त्यमा पृथ्वीबाट पचहत्तर प्रतिशत जीवको विनास हुनेछ । पचास करोड वर्ष पहिले पृथ्वीमा एस्ट्रोइड ठोकिएर डायनासोरको विनास भएको थियो । त्यसपछि मानव जातिको उत्पति सम्भव भएको वैज्ञानिकहरुको अनुमान छ ।

खागेलविद् डेली भन्छिन्, ‘कुनै ठूलो कमेट वा एस्ट्रोइड पृथ्वीसँग ठोक्किने पुरा सम्भावना छ । प्रश्न त यो छ कि यो कहिले हुन्छ ? र यो रोक्नको लागि हामीले केही गर्न सक्छौँ या सक्दैनाैँ?

यदि खगोविद्हरुले अध्ययन गरेमा पृथ्वीसँग ठोक्किन सक्ने यी चट्टानहरु पत्ता लगाउन सकिन्छ । र समयमै यी घातक चट्टानलाई हटाउन सकिन्छ । यो विनाशबाट बच्नुको एउटै उपाय हो समयमै थाहा पाउनु । फिलिप्पेन्को भन्छन्, ‘हप्ता, महिना वा बर्षदिन अघि थाहा पाएर हुँदैन यसबारेमा हामाले दशकौँ पहिला थाहा पाउनुपर्छ। ताकि प्रविधिको प्रयोगले समयमै त्यसलाई हटाउन सकियोस्।

सूर्यका कारण पृथ्वी हराभरा छ । सूर्यबाट आउने प्रकाशलाई ऊर्जामा बदलेर पृथ्वीमा जीव बाँचेका छन् । तर त्यही सूर्यका कारण पृथ्वीमा जीवहरुको विनाश पनि हुन सक्ने सम्भावना छ । अन्तरिक्ष भौतिकशास्त्री तमीथा मुलिगन स्कोभ भन्छिन्, ‘पत्याउन मुस्किल छ तर अन्तरिक्षमा पनि मौसम हुन्छ ।’ जसलाई वैज्ञानिक ‘स्पेस वेदर’ भन्छन् ।

मुलिगन स्कोभ भन्छिन्, ‘स्पेस वेदर त्यहाँबाट सुरु हुन्छ जहाँबाट पृथ्वीको मौसम प्रभाव सकिन्छ । स्पेस वेदरमा सूर्यबाट आउने सौर्य तुफान नै सबैभन्दा ठूलो चिन्ता हो ।’ पृथ्वीको चुम्बकीय क्षेत्रले सूर्यबाट आउने यस्तो तुफानबाट जोगाउँछ तर ठूलो तुफानमा यो चुम्बकीय कवजलाई नष्ट गर्नसक्ने ताकत हुन्छ ।

वैज्ञानिक फिलिप्पेन्को भन्छन्, ‘शक्तिशाली सौर्य तुफानले पृथ्वीमा जताततै विजुलीको प्रवाह हुनेछ, हाम्रा ट्रान्सफर्मर सर्टसर्किट हुनेछन्, हाम्रो विजुली प्रणाली ध्वस्त हुनेछ । विना बिजुली मानवीय प्रणालीमा हलचल आउने छ । फिलिप्पेन्को भन्छन्, ‘यसले मानवजातिको अस्तित्व त मेटिने छैन तर ठूलो विनाश भने हुनेछ ।

खतरा सूर्यसम्म मात्र सीमित छैन । त्यो भन्दा टाढापनि पृथ्वीका लागि खतरा छ जसका कारण यो पृथ्वी नै नरहन सक्छ । सुपरनोभा कुनै तारा भयंकर विस्फोट हुँदा निस्कने जबरजस्त उर्जा हो ।

फिलिप्पेन्को भन्छन्, ‘यदि दश वा बीस प्रकाश बर्ष टाढा कुनै तारा बिस्फोट भयो भने पृथ्वीमा धेरै संख्यामा जीवनको विनाश हुनसक्छ । किनभने यो बिस्फोटका कारण पृथ्वीको ओजोन लेयर ध्वस्त हुनेछ । जसकारण सूर्यबाट आउने ‘अल्ट्राभाइलेट रेडियसन’का कारण पृथ्वीमा मृत्युको तान्डव देखिनेछ ।

पछिल्ला केही वर्षमा वैज्ञानिकहरुले अनुमान लगाएका छन् कि पृथ्वीलाई यो सुपरनोभा भन्दापनि ठूलो खतरा ‘गामा रे ब्रष्ट’बाट छ । यो तब हुन्छ जब कुनै तारा बिस्फोट भएर ब्याल्कहोलको रुप लिन्छ । पूरा ब्रम्हाण्डमा यो ऊर्जाको सबैभन्दा ठूलो बिस्फोट हो । यो कुनै ठूलो सुपरनोभा भन्दा हजारौँ गुणा ठूलो र शत्तिशाली हुन्छ ।

फिलिप्पेन्को अनुसार ‘गामा रे ब्रष्ट’ कुनै ताराको भयंकर विस्फोट हो । यसबाट निस्कने उर्जा ब्रमाण्डमा दुई बीम फरक दिशामा प्रसारित हुन्छ । यदी यो बीमको बाटोमा पृथ्वी पर्‍यो भने धेरै हदसम्म जीवन विनास हुनेछ चाहे यो विस्फोट हजारौ प्रकाश वर्ष टाढा किन नहोस ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीमा कुनै प्रजाति लोप हुने कारण मध्य ‘गामा रे’ मुख्यकारण थियो । करिव ४४ करोड बर्ष पहिले ६ हजार प्रकाश बर्ष टाढा भएको यो घटनालाई वैज्ञानिकहरु ‘अडउसन सोलुरियन एक्सटिन्सन’ भन्छन् । त्यो समयमा पृथ्वीमा जीवन समुद्र र महासागरमा सीमित थियो । मात्र १० सेकेन्डमात्र चल्ने ‘गामा रे ब्रष्ट’का त्यस समयमा करिव ६० प्रतिशत जीवन समाप्त भएको थियो । अहिलेको समयमा यो घटना भएमा दुनियाँभरमा ठूलो विनाश हुनेछ । ‘गामा रे’को सिधा सम्पर्कमा आउनेलाई खतरानाक ‘अल्ट्राभाइलेट रेडिएसनको’ दुष्परिणाम भोग्नु पर्नेछ । कारण पृथ्वीको ओजोन लेयर नष्ट हुँदा वातावरणमा ठूलो असर पुर्‍याउँछ ।

फिलिप्पेन्को भन्छन्, ‘खुसीको कुरा यो छ कि यो ठुलो ब्रह्माण्डमा गामा रे ले त्यसलाई क्षति गर्छ जो यसको बिमको बाटोमा पर्छ । पृथ्वी यस्तो गामा रे को बाटोमा पर्न सक्ने सम्भावना धेरै कम छ ।’

हामीसँग चिन्ता लिनुपर्ने यो भन्दापनि ठूला खतरा छन् ।

ब्ल्याकहोल अस्तित्वमा छ । केहि वैज्ञानिकहरुको मान्यता छ ठूलो ब्ल्याक होलले कुनैपनि ग्रहलाई पनि निल्न सक्छन् । नासाका वैज्ञानिक क्रिस म्याके भन्छन् ‘ब्ल्याकहोल एउटा यस्तो बनावट हो जसको गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि जसबाट प्रकाशपनि फुत्किएर जान सक्दैन ।

ब्ल्याकहोलको केन्द्र एकदमै सानो हुन्छ तर यसको शक्ति एकदमै भयानक हुन्छ । यदि कुनै ब्ल्याकहोल हाम्रो सौर्यमण्डलमा प्रवेश गर्‍यो भने गुरुत्वाकर्षणका कारण पृथ्वीको विनाश हुनेछ । भयानक भूकम्प आउनेछन्, ज्वालामुखी फुट्ने छन् । ब्ल्याकहोलले कुनै ग्रहलाई निल्दा देखिने दृश्य यस्तो हुन्छ ।

खागोल भौतिक वैज्ञानिक फिलिप्पेन्को भन्छन् ‘ब्ल्याकहोल एकदमै सानो हुन्छ र दुर्लभ हुन्छ । हाम्रो सौर्यमण्डलमा कुनै ब्ल्याकहोल आउने सम्भावना एकदमै कम छ।

अन्तरिक्षमा खुला घुमिरहने यी ग्रहको बारे खोज ९० को दशकमा भयो । खगोलविद्हरुले यस्ता ग्रह हुने पक्का प्रमाण भेटिएका थिए । यो ग्रह कुनै बन्दै गरेको सौर्यमण्डलबाट छुट्टिएर आएको हुन्छ । जहाँका ग्रहको ठिकसँग तय भइनसकेको होस्। यस्ता ग्रह घुम्ने अर्विट तय नभएका कारण एक आपसमा ठोक्किएर गुरुत्वाकर्षणका कारण बाहिर धकेलिएका हुन्छन् ।

सूर्यको गुरुत्वकर्षणका कारण पृथ्वी एउटै रेखामा सूर्यको परिक्रम गर्छ । तर कुनै नियन्त्रणबिना यी ग्रह अन्तरिक्षमा एक्लै घुमिरहेका हुन्छन् । वैज्ञानिकहरुका अनुसार हाम्रो ‘मिल्की वे’ तारापुञ्जमा अर्बौँ यस्ता ग्रह घुमिरहेका छन् । यसमध्य कुनै एक घुम्दै हाम्रो सौर्यमण्डलमा आउनसक्छ र पृथ्वीसँग ठोक्किने सम्भावना छ । यदी कुनै ग्रह यसरी ठोक्किन आइपुगेका हाम्रो पृथ्वी पूरै ध्वस्त हुनेछ ।

यसरी आइपुगेको ग्रहले ग्रहहरुलाई घुमिरहने आफ्नो अर्विटबाट भट्काउन सक्छ । उसले पृथ्वीलाई सूर्यतिर धकेल्नसक्छ वा सौर्यमण्डलबाट बाहिर धकेल्नपनि सक्छ ।

फिलिप्पेन्को भन्छन्, ‘यी ग्रह टाढा त हुन्छन् तर हाम्रो सौर्यमण्डलसम्म आइपुग्दैनन् भन्न सकिदैन किन भने अन्तरिक्षमा यिनीहरुको गति धेरै तेज हुन्छ । जसकारण ग्लालेक्सिको गुरुत्वआकर्षले कुनै असर गदैन । यदी हामीसँग कुनै ‘रोग प्लानेट’ ठोक्कियो भने हाम्रो पूरै सौर्यमण्डल ध्वस्त हुनसक्छ । खुशीकाे कुरा के छ भने वैज्ञानिकहरुले अहिलेसम्म पक्ता लगाएको हामीसँग सबैभन्दा नजिकको ‘रोग प्लानेट’ बयालीस हजार प्रकाश वर्ष टाढा छ ।’

यी सबैबाट बचेपनि पृथ्वीको अन्त्य अवश्य हुनेछ । अमेरिकी वैज्ञानिक फिलिप्पेन्को भन्छन् ‘एक वा दुई अर्ब बर्ष भित्र पृथ्वीका महासागरहरु बाफ बनेर सुक्नेछन् । किनभने तातो हुँदै गएको सूर्यका कारण पृथ्वीमा तपक्रम बढ्ने छ । पृथ्वीमा पानी रहने छैन ।

वैज्ञानिकहरुका अनुसार सुदुर भविष्यमा सूर्यको पनि अन्त्य हुनेछ । फिलिपेन्को भन्छन् ‘सूर्यले आफ्नो आधा उमेर बाँची सकेको छ । अबको करिव पाँच अर्ब बर्षभित्र सूर्यले ‘रेड जायन्ट’को रुप लिनेछ । सूर्यको तापक्रम असाध्यै धेरै हुनेछ । हालको भन्दा चम्किलो हुनेछ । आकार पनि ठूलो हुनेछ । आकार बढ्दै जाँदा सूर्यले सबैभन्दा पहिला नजिकको बुध ग्रह त्यसपछि शुक्र र त्यसपछि पृथ्वीलाई निल्नेछ ।

कोही वैज्ञानिकको मान्यता छ पृथ्वी घुम्दै सूर्यमा विलय हुनेछ । पृथ्वी सुर्यमा विलय नभएपनि यो चाही पक्का छ सूर्य आजको भन्दा हजारौँ गुणा ठूलो हुनेछ र पृथ्वीको तापक्रम निकै धेरै हुनेछ । जहाँ जीवन सम्भव हुने छैन ।

वैज्ञानिकका अनुसार जब सुर्यको अन्तिम समय आउँछ उसको मास लगातार घट्ने छ । सूर्यले आफ्नो विशाल गुमाउदै जानेछ उसको आकार घट्दै जानेछ । जसकारण पृथ्वी सूर्यबाट वस्तिारै टाढा जानेछ । किनभने सूर्य र पृथ्वीको गुरुत्वआकर्षण कमजोर हुनेछ ।

वैज्ञानिक भन्छन् ‘घुम्दै पृथ्वी सूर्यमा विलय हुनेछ वा टाढा जानेछ ठ्याक्कै भन्न सकिन्न तर जे हुनेछ हाम्रो पृथ्वीका लागि त्यो दु:खद अन्त्य हुनेछ ।’

नासाका वैज्ञानिक क्रिस म्याके भन्छन् ‘पृथ्वीको अस्तित्व अबौँ बर्षदेखि छ र यसको भविष्य आउने अबौँ बर्षसम्म रहनेछ । हामी पृथ्वीमा आएको पाँचलाख वर्ष पनि भएको छैन । यो ग्रहको लामो इतिहासमा हाम्रो उपस्थिति बस एउटा सानो समयको लागि मात्र हो ।

ब्रम्हाण्डमा भएका हरेक चिजको निश्चित आयु छ । वैज्ञानिकहरुको मान्यता छ यो ब्रम्हाण्डको नै निश्चित आयु छ । समयको कुनै कालखण्डमा गएर तपाईँले देखेका धेरै कुराहरु अस्तित्वमा रहने छैनन् । हामी मानव अस्तित्वमा रहने छैनौँ । यो पृथ्वी अस्तित्वमा रहने छैन । यो सूर्य अस्तित्वमा रहने छैनौँ । यो हाम्रो सौर्य मण्डल अस्तित्वमा रहने छैन । हाम्रो सौर्य मण्डल रहेको ‘मिल्की वे’ ग्यालेक्सी अनी यो पूरै ब्रमाण्ड अस्तित्वमा रहने छैन । तर त्यसको लागि धेरै समय छ ।

(डिस्कभरी साइन्सकाे ‘सिक्रेट अफ अर्थ’ कार्यक्रमकाे सम्पादित अंश )