‘करोडपति’ को आजको एपिसोडमा राजेश हमालमाथी दादागिरी (हेर्नुस भिडियो)

काठमाडौँ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ नेपालमा पनि सुरु भएको छ । एपीवान एचडीबाट प्रसारण हुने यो कार्यक्रमका संचालक नेपाली सिने जगतका महानायक राजेश हमाल रहेका छन् ।

यो कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ ।कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ । कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन् । यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन् ।

तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् । यसैबीच कार्यक्रमको ५० औ एपिसोड पनि सार्बजनिक भएको छ । हेर्नुहोस को बन्छ करोडपतिको ५० औ एपिसोडको पुरा भिडियो :