अन्जु पन्त र मनोजराज सिवाकोटीले ३ वर्ष अगाडि गाएकाे गजल सार्वजनिक

गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा “तिमी आयौ जिन्दगीमा” बोलको गजल गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा अन्जु र मनोजराजले झण्डै एक दशकभन्दा लामो समयपछि सहकार्य गरेका हुन् । सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगीत रहेको छ।

तीन वर्ष अगाडि नै रेकर्ड गरिएको गीतको हालैमात्र म्युजिक भिडियो छायाँकन गरी सार्वजनिक गरिएको हो । सुव्रतराज आचार्यले निर्देशन रहेको म्युजिक भिडियोमा गीतकार वाग्ले स्वयं र उनकी श्रीमती प्रमिला कार्कीले अभिनय गरेका छन् ।

उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियो नेपाली वेवसाइटको अफिसियल युट्युबमा हेर्न सकिन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् !