
काठमाडौं । अब सरकारले हेल्मेट नभएका व्यक्तिलाई पेट्रोल नदिने बताएको छ । नोएडा–ग्रेटर नोएडा अर्थात गौतमबुद्ध नगरमा ‘नो हेलमेट, नो फ्यूल योजना’ आज देखि सुरु भएको छ । तपाई जानकारी गराउ यो भन्दा अगाडी भारतका विभिन्न प्रदेशमा मोटरसाईकल चालकलाई हेल्मेट अनिवार्य छैन । यो भन्दा पहिले जिलाधिकारीले वाहन चालक एवं पेट्रोल पम्पलाई निर्देशन दिइसकेका छन् । डीएम बी एन सिंहका अनुसार जिल्लामा दुई पिंग्रे सवारी साधनमा हेल्मेट अनिवार्य गर्नको लागि यस्तो तरिका अपनाइएको हो ।
हेल्मेट नभएका व्यक्तिहरुले पेट्रोल भर्न नपाउने भएका हुन । नियम उल्लंघन गरेका खण्डमा प्रशासनले कारबाही गर्ने जानकारी दिएको छ । यदि कोही जबरदस्ती वा पेट्रोल कर्मचारीसँग अभद्रता तरिकाले पेट्रोल भर्ने प्रयास गरेको खण्डमा उसलाई कानुनी कारबाही हुने जनाइएको छ ।यता सर्लाही प्रहरीले लागुऔषध ३ किलो गाजा सहित दुई जना युवकलाई पक्राउ गरेको छ । सर्लाही दक्षिण पश्चिम भेगमा पर्ने कौडेनाबाट भारत तर्फ जादैँ गरेको बि आर ३० टि ७४१९ नम्वरको भारतिय मोटरसाईकललाई विष्णु गाउपालिका वडा नं। ६ स्थित प्रहरीलाई शंका लागि चेक जाँच गर्ने क्रममा ३ किलो लागु औषध गाजा सहित दुई जना युवक प्रहरी चौकि फेनहराले पक्राउ परेको हो ।
पक्राउ पर्नेमा मोटरसाईकल चालक कौडेना गाउपालिका वडा नं। ७ लक्ष्मीपुर सुख्चैना बस्ने २० वर्षिय अजय मिश्र र सोहि मोटरसाईकलको पछाडि बस्ने सोहि वडाको २० वर्षिय बिबेक साहलाई प्रहरी पक्राउ गरी आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता प्रतित सिंह राठोरले जानकारी दिए।