
विराटनगर। ४० वर्ष बढी निजामती सेवामा रहेका उपसचिव प्रेमप्रसाद सञ्जेलले अबकास लिएका छन । उनले आफैलाई धिक्कार्दै, आ.क्रोशित हुदै जागिरबाट विदा लिएका हुन् ।
श्रम कार्यालय विराटनगरमा कार्यरत संजेल बैदेशिक रोजगारीमा हुने ठगिका घटनामा उनले चालेको कडा कदमको कारण पछिल्लो समय चर्चामा थिए । विशेष गरी उनि भ्रस्टाचार बिरोधि व्यक्ति पनि हुन् । उनले भ्रस्टाचारको मामलामा देश कै प्रमुख व्यक्तित्वहरुलाई समेत चुनौती दिदै आएका छन।
विक्रम सम्बत २०३९ साल फागुन ३ गते खरिदार हुँदै निजामती सेवा प्रवेश गरेका सन्जेल २०४६ साल असार २७ गते नायब सुब्बमा बढुवा भएका थिए । २०५४ साल कात्तिक १२ गते शाखा अधिकृत भएका सञ्जेल २०६६ साल कात्तिक २९ गते उपसचिवमा बढुवा भएका थिए ।
आफ्नो उपनाम खतरा राखेका संजेलको बोली जस्तै काम पनि गर्ने हुदा उनलाई निजामति क्षेत्र कै आइडल मानिदै आएको थियो । तर ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । तर सुधारको प्रयत्न गर्दा नसकेपछि आफैंलाई गाली गर्दै उनि विदा भएका छन।
अबकास लिएपछि संजेलले सामाजिक संजालमा विज्ञप्ति सार्बजनिक गर्दै खरो कविता समेत लेखेका छन :
कविता:म कर्मचारी कि दलाल, कवि: प्रेमप्रसाद संजेल “खतरा”
म कानमा लाउने सुनको दलाल
म तिहुनमा लाउने नुनको दलाल
म मकैमा लाग्ने घुनको दलाल
म भेडाको जीउको उनको दलाल
म देशले लाउने गुनको दलाल
म सुरक्षामा नपर्ने सु को दलाल
म प्रजातन्त्रमा नलाग्ने कू को दलाल
म ढलमा बग्ने नर्ककोे दलाल
म आकाशमा फल्ने फलकोे दलाल
म नदेखिने खालको दलको दलाल
म किसानले लाने बीउको दलाल
म बिदेशमा बिक्ने जीउको दलाल
म सडकमा लाग्ने गिट्टीको दलाल
म कोठीमा बेच्ने ठिटीको दलाल
म डाकाको बीचको प्रीतिको दलाल
म सेवाग्राहीले लिने सेवाको दलाल
म परिश्रमीले लिने मेवाको दलाल
म बाकसमा आउने लाशको दलाल
म ठिनेमिने होईन खासबिशेष दलाल
म भूकम्प पिडितको पालको दलाल
म बाढी पिडितको दालको दलाल
म बिचौलियाको जालको दलाल
म गुण्डाले लिने कालको दलाल
म पण्डाले लिने भेटीको दलाल
म नापी र माल दुबैको दलाल
म बिकास र निकास सबैको दलाल
म घरबार-दरबार दुबैको दलाल
म मन्दिरमा बज्ने घण्टीको दलाल
म बाह्रमासे आण्टीको दलाल
म तिनपाने भट्टीको दलाल
म पहेंलो बोक्ने टट्टीको दलाल
म मेरी आमा मट्टीको दलाल
म सारै निच घट्टीको दलाल
म ज्यान मार्ने दलालको दलाल
म फरार हुने परारको दलाल
म भाडामा मिल्ने करारको दलाल
म ब्रुुश्लीजस्तो प्रहारको दलाल
म मुश्लीजस्तो दारको दलाल
म एक्सरे नदेख्ने अन्धाको दलाल
म सुन बोक्ने बन्दाको दलाल
म अत्ति कालो धन्दाको दलाल
म ईमान्दार मास्ने मज्जाको दलाल
म बेईमानी पाल्ने गज्जबको दलाल
म घुस र भुस द्धयको दलाल
म मानिस मा’र्ने भयको दलाल
म हालसाल बिदेश गएको दलाल
गर्छनकि कसो जनताले हलाल ! स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।
अवकास पछी उनीसंग गरिएको कुराकानीको भिडियो यहाँबाट हेर्नुहोस ।