
काठमाडौं। सामाजिक अभियानता तथा कलाकार धुर्मुस सुन्तलीलाई अर्को झड्का लागेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चितवनमा बन्न लागेको अन्तराष्ट्रिय गौतम बुद्ध रंगशाला नबनाउन धुमुर्स सुन्तलीलाई चेतावनी दिएपछि उनलाई अर्को झट्का लागेको हो ।
चितवनको रामपुर स्थित कृर्षि बन विश्वविद्यालयको जग्गामा बनाउन लागेको रंगशालामा नबनाउन उक्त पार्टीले विज्ञप्ति मार्फत चेतावनी दिएको हो । विज्ञप्तिमा चेतावनी दिदा पनि अटेरी गरे त्यसपछिको परिणामको भागेदार स्वयम आफै हुन धुर्मुसलाई भनिएको छ ।
चितवन जिल्ला सेक्रेटरी धु्रवद्धारा जारी विज्ञप्तिमा चितवनमा अरु प्रसस्त खाली ठाँउ हुँदा हुँदै विश्वविद्यालयको जग्गा हिनामिन नगर्न भनिएको छ । विद्यार्थीको भविश्यसंग जोडिएको विश्वविद्यालयको सम्पतिमाथि कसैले पनि आँखा नलगाउन भनिएको छ ।