मैदानमा खेलाडीलाई पानी खुवाउन प्रधानमन्त्री आफैं पुगे

काठमाडौं। अस्ट्रेलियामा बिहीबार एक क्रिकेट खेलको बीचमा प्रधानमन्त्री स्कट मोरिसनले मैदानमा ड्रिंक्स लिएर गएर सबैलाई आश्चर्यमा पारे । सामाजिक संजालमा उनको यो कामको निकै प्रशंशा भइरहेको छ । एक प्रयोगकर्ताले लेखेका छन् ‘प्रधानमन्त्री अहिले वाटर ब्वाइको ड्युटीमा छन् ।’

खेल क्यानबेराको मनुका ओभल मैदानमा भइरहेको थियो । यहाँ श्रीलंका र अस्ट्रेलियाको प्रधानमन्त्री ११ टिमबीच टि–२० अभ्यास खेल भइरहेको थियो । खेलमा अस्ट्रेलियाका डेनियल फालिन्सले श्रीलंकाका दासुन शनाकालाई आउट गरेका थिए । त्यही बेला प्रधानमन्त्री मोरिसन खेलाडीहरुको लागि ड्रिंक्स बोकेर मैदानमा पुगे । श्रीलंकाको टिम ३ टि–२० ििरजका लागि अस्ट्रेलिया गएको छ । यी दुईबीच पहिलो खेल आइतबार एडिलेडमा हुनेछ ।