दलित महिलासँग मूख्यमन्त्री राईलाई विवाह गर्न आग्रह

काठमाडौ। १ नम्बर प्रदेशको मूख्यमन्त्री शेरधन राईलाई दलित महिलासँग विवाह गर्न आग्रह गरिएको छ । छुवाछुतमुक्त समाज निर्माणका लागि १ नम्बर प्रदेशको अभियान अन्र्तगत खोटाङमा आयोजित सहभोज कार्यक्रमका बक्ताले यस्तो आग्रह गरेका हुन्। यो खबर नेपाल समाचारपत्रमा छ।

नेकपाका नेता एबं जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर बिश्वकर्माले प्रदेशलाई छुवाछुतमुक्त घोषणा गर्ने अभियान सफल बनाउने हो भने मूख्यमन्त्रीले दलितको छोरीसँग बिवाह गर्नुपर्ने धारणा राख्नुभएको हो । बिकले प्रदेशलाई छुवाछुतमुक्त समाज निर्माण गर्ने अभियान सफल बनाउने हो भने मूख्यमन्त्रीले आफुबाट सुरुवात गर्नुपर्ने जनाउनुभयो ।

छुवाछुतमुक्त समाज निर्माणका लागि उत्प्रेरणा जगाउन जिल्ला समन्वय समितिले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ मा सहभोजको आयोजना गरेको थियो ।