जीपीएक्सको १५० सीसी क्याफे रेसर, यस्तो छ मूल्य

काठमाडौं । नेपालमा थाइल्यान्डको जीपीएक्स ब्रान्डका मोटरसाइकलको बिक्री सुरु भएको झन्डै दुई वर्ष पुरा हुन लागेको छ । नेपालका लागि जीपीएक्स मोटरसाइकलको आधिकारिक विक्रेता ओमेगा अटोमोबाइल्स प्रालिले उक्त मोटरसाइकल औपचारिक रूपमा बेच्दैआएको छ।

कम्पनीले हाल १५० सय सीसीको लिजेन्ड, २ सय सीसी जेन्टलम्यान र १ सय ५० सीसीको डेमोन सहित ६ ओटा मोटरसाइकल बजारमा बिक्री गर्दै आएको छ । यी मध्ये क्याफे रेसर लेजेन्ड १५० एस सबैभन्दा बढी बिक्ने मोटरसाइकलमा अन्तर्गत पर्ने गर्छ । नेपाली बजारमा यो बाइक हाल तीन लाख ५७ हजार रुपैयाँमा बिक्री भैरहेको छ ।

यसमा १४९ सीसी कार्बुरेटर एयरकुल्ड इन्जिन दिइएको छ । यस मोटरसाइकलले प्रतिघन्टा ११० किलोमिटरको टपस्पीड प्रदान गर्ने क्षमता रहेको छ । उत्कृष्ट माइलेज प्रदान गर्ने यो मोटरसाइकलले प्रतिलिटर ४५ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

यसको इन्जिनमा ६ स्पीड म्यानुयल गियरबक्स लगाइएको छ । यसको लम्बाई २०१५, उचाई ११०० र चौडाई ८३० एमएम रहेको छ । यसको सिट हाइट ७९० एमएम रहेको छ ।

१३० किलोगाम तौल भएको मोटरसाइकलको प्रmन्ट र रियर दुबै चक्कामा डिस्क ब्रेक लगाइएको छ । यस्तै अगाडि साइडमा टेलिस्कोपिक र पछाडिमा डबल रियर शक लगाइएको छ । यसको दुबै साइडमा १७ इन्चको अलोय ह्वील दिइएको छ ।

थाइल्याण्ड ब्राण्ड जिपीएक्सले यसमा डिजिटल इन्स्ट्रुमेट क्लस्टर, टेकोटिर ट्रिपमिटर, डिजिटल ओआरभीएम, तीन स्टेप ह्यान्डल टाइप, स्प्लिट सिट लगायतका विविध विशेषता दिइएको छ ।