गीतको जादु चलाएर सेमिफाइनलमा प्रितम (भिडियाे)

काठमाडाैं । सानै उमेरमा गायन तर्फ रुची राखेका इटहरीका गायक प्रितम आचार्य भारतीय रियालिटी शो ‘सारेगमप’को सेमिफाइनलमा पुगेका छन् । भारतमा सञ्चालित सारेगमप कार्यक्रमको सेमिफाइनलमा पुगेका उनले जजहरुको मन जितेका छन् । उनको लुट गए ‘ बोलको गीत गाएको प्रोमो सार्वजनिक भएको छ । जसमा उनलाई जजहरुले स्टेजमै गएर बोकेको देखाइएको छ ।

त्यती मात्र होइन जज बसेका कलाकार आनन्द राज ‘आनन्द’ले उनको प्रस्तुती आफ्नो लागि यादगार प्रस्तुती भनेका छन् । अर्का जजले थपेका छन्, ‘यहाँ गीत होइन जादु भइरहेजस्तो लाग्यो, मेरो जीवनमा ब्रेकअप भएको छैन, तर यो गीत सुन्दा भएजस्तै लाग्यो ।’ प्रितम आचार्य मिजासिलो स्वभावका प्राय जसो हास्दै बोल्ने र बानी अरुसँग सजिलै घुलमिल हुन सक्ने स्वभावका छन् ।

निकै सानो उमेरदेखि नै संगीतप्रति उनको अथाहा मोहले पनि होला आज उनी नेपाली बाबू भन्दै अन्तर्राष्ट्रिय जगतमा पनि निकै परिचित छन् ।आधुनिक साथै शास्त्रिय संगीतमा बडो रुचि दिने साथै सबै प्रकारका गीतलाई अन्याय नदिनु उनको खुबी छ ।