
प्रचण्ड : उहाँ प्रधानमन्त्रीजी क्या, शेरबहादुरजी ।
सीता : ए…
प्रचण्ड : चिने, चिने रे..( चिन्यो नि तिम्ले..)
प्रधानमन्त्री : म शेरबहादुर..
प्रचण्ड : चिने भनेको
फेरि प्रचण्ड भन्छन्– आरजु पनि तिम्लाई भेट्न आउनुहुन्छ ।
यी माथिका संवादहरु हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको । मंगलबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्न त्यहाँ पुगेका हुन् ।
भिडियोमा देखिएअनुसार झण्डै एक मिनेटको भिडियोमा प्रधानमन्त्री देउवा सीता दाहालको अगाडि उभिएर उनको अवस्था देखेर भावुक हुन्छन् । अध्यक्ष प्रचण्ड भने सीतालाई ‘उहाँ प्रधानमन्त्री क्या, शेरबहादुरजी’ भनेर चिनाउन खोज्छन् ।
ओछ्यानबा उठेर बसेकी सीता दाहाल भने चिनेझैँ गरेर ‘ए..ए’ गरेर संकेत दिन्छन् । सीता लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट ग्रसित छिन् । उनका उपचारका लागि कयौँ कोसिस गरिए । उनको अवस्थामा केही सुधार भए पनि पछिल्लो समय उनी बोल्न र कसैलाई हत्तपत्त चिन्न सक्दिनन् ।
प्रधानमन्त्री देउवाअघि नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पनि पुगेका थिए ।