सुनको मूल्य ह्वात्तै घट्यो,कति पुग्यो तोलाको ?

बुधबार नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा झरेको हो ।

गत मंगलबार सुन प्रतितोला अधिकतम ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ७०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ ।

तर यता चाँदीको मूल्य भने केहिदिन यताको लगातार गिरावटको प्रक्रिया थप बुधबार पनि कायम रहँदै प्रतितोला २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।