गौर घ’टनालाई उचाले ओली, नेपाल र पण्डित जे’ल जान्छन् : मन्त्री यादव

जनकपुरधाम। प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले गौर घटनालाई उचाल्ने काम गरे सप्तरीको मलेठ घटनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधव नेपाल र लालबाबु पण्डित पनि जे’ल जाने बताएका छन्।

सिरहाको सखुवा ननकारकट्टी गाउँपालिकामा पार्टी समायोजना सभालाई सम्बोधन गर्दै मन्त्री यादवले मलेठ घ’टनामा प्रधानमन्त्री ओली, नेता नेपाल र पण्डित दोषी रहेको भन्दै उनीहरुलाई पहिले हत’कडी लाग्ने दावी गरे।

उनले का‌ग्रेस र नेकपाका केहि नेता गौर घ’टनामा उपेन्द्र यादवलाई जेल पठाउने ध्वाँस देखाउनु भनेको बच्चालाई भुत देखाएर डराउनु जस्तै भएको टिप्पणी गरे।

समाजवादी पार्टीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका मन्त्री यादवले मलेठ घटनाको छानविनका लागि प्रदेश सरकारले गठन गरेको छानविन समितिले प्रतिवेदन तयार गरिसकेको र सरकारलाई बुझाउने तयारी गरेको पनि बताए।

उनले गौर घ’टनाको निष्पक्ष छानविनका लागि समाजवादी पार्टी तयार रहेको भन्दै मलेठ घटनाको पनि निष्पक्ष छानविन हुनुपर्ने र दोषीमाथि कानून बमोजिम कारबाही हुनुपर्ने बताए।

एक फरक प्रसंगमा मन्त्री यादवले नेकपा अध्यक्षद्धय ओली, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा संविधान संशोधन गर्न तयार नभए पतन हुने समेत बताए। उनले हरेक समुदायको अधिकार संविधानमा ग्यारेण्टीका लागि समाजवादी पार्टीले आन्दोलन गर्ने तयारी थालिसकेको बताए।

उनले अब सिंहदरबार केन्द्रित आन्दोलन हुने भन्दै तयार भएर बस्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे।