प्रधानमन्त्रीले राजीनामा पत्र लिन मान्नु भएको थिएन, मैले कर गरेर बुझाएँ : अमरेश

काठमाडौं। पार्टीको क्रियाशील सदस्यताको विषयमा भएको विवादपछि काँग्रेसका प्रतिनिधिसभा सदस्य अमरेश सिंहले बुधबार पदबाट राजीनामा दिएका छन्। उनले राजीनामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफूले राजीनामा बुझाएको सिंहले जानकारी दिए। उनले भने, ‘मैले राजीनामा दिने कुरा यसअघि नै जानकारी गराइसकेको थिएँ। आज वीपी स्मृति दिवसको अवसर पारेर बुझाएको हुँ।’

सिंहले राजीनामा बुझाउन खोज्दा देउवाले शुरुमा लिन मानेका थिएनन्। सिंहले भने, ‘शुरुमा लिन मान्नु भएन, मैले निर्णय गरिसकेको छु। भनेर कर गरेपछि राजीनामा पत्र बुझ्नु भयो।’ राजीनामा बुझेपछि देउवाले क्रियाशील सदस्यताको विषय दुई तीन दिनमै टुंग्याउने बचन भनेका दिएको सिंहले बताए।

यो पनि पढ्नुहोस…

कांग्रेस नेता सिंहद्वारा सांसद पदबाट राजीनामा