‘मर्दको छोरा’संग केकी अधिकारीको धमाकेदार डान्स (भिडियो)

काठमाडौँ। गायक मिरज अर्यालको नयाँ गीत मर्दको छोरा म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक मिरज अर्यालको सुमधुर स्वरमा मर्दको छोरा बोलको नयाँ गीतको म्युजिक भिडियो भर्खरै युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा लोकेश खनालको शब्द र अर्जुन सुनामको संगीत रहेको छ ।

यस गीतको भिडियोलाई हरी नारायन चौधरीले छायांकन गरेका छन् भने कोरियोग्राफी राकेश अर्यालले गरेका छन् । भिडियोलाइ विनोद-रिताले निर्देशन गरेका छन्। यस गीतको भिडियोमा चर्चित नायिका केकि अधिकारी र राकेश सुनारको दमदार अभिनय रहेको छ ।