जनताले दिएको भोट माथि अन्याय हुन दिन्नँ, रविन्द्रको अधुरो सपना पूरा गर्छु – विद्या

काठमाडौं । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व। रविन्द्र अधिकारीको नि धन पछि श्रीमती विधा भट्टराई राजनीतिमा सक्रिय भएर लाग्ने निधो गरेकी छिन । श्रीमान रविन्द्र अधिकारीको विरासत सम्हाल्न विधा भट्टराई मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ का लागि नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार बनेकी छिन ।

रविन्द्र अधिकारी कै छेत्रबाट राजनीतिक मैदानमा उत्रिन लागेकी हुन् । अध्यापनमा सक्रिय भएर जीवन चलाइरहेकी विधाले श्रीमान रविन्द्रको राजनीतिक यात्रामा दरिलो सहयात्री बनेर उभिएकी थिईन । श्रीमानको दे हान्त पश्चात श्रीमानको हिरासत सम्हाल्न राजनीतिमा पाईला चालेकी हुन् ।

क्यानाडा नेपालसंगको कुराकानीमा विधा भट्टराईले आफु रविन्द्र अधिकारीको श्रीमती भएको नाताले मात्र राजनीतिमा नआएको उल्लेख गरेकी छिन । उनका अनुसार आफुले रविन्द्र अधिकारीको राजनीतिक यात्रामा सधै साथ सहयोग गरेको र राजनीतिलाइ नजिकबाट बुझेको कारण र आफ्नो पार्टीले पनि विश्वास गरेको हुँदा चुनावमा लड्न लागेकी हुन् । चुनावको बेला मात्र नभएर रविन्द्र अधिकारीको देहान्तपछि धेरैचोटी कास्की गएको र कास्कीका जनताले आफु माथि आश रहेको र रविन्द्र अधिकारीको सपना पुरा गर्न हौसला दिएका कारण आफुले यो कदम चालेको बताईन ।

“श्रीमानको देहान्त पश्चात भावनात्मक भोट पाउने आशले म चुनावमा लड्न लागेकी होईन । मेरो राजनीतिक यात्रा धेरै पुरानो छ तर जब देखि श्रीमान सक्रिय हुनुभयो राजनीतिमा, मैले आफुलाई अध्यापन तिर केन्द्रित गरे तर श्रीमानको साथमा सधै म थिए र राजनीतिलाइ नजिक बाट बुझ्न पाए । मलाई विश्वास छ कि जनताको आश र सपनालाई मैले पुरा गर्न सक्छु र जनताले साथ पनि दिईरहेका छन् ।”

वाईडबडि भ्रष्टाचारले गर्दा कतै चुनावमा घाटा बेहोर्नु पर्ला कि भन्दा विधाले भनिनस् “मैले मिडियामा धेरै कुराहरु सुनेको छु तर सत्य कुरा त कास्कीमा गएर मेरो छेत्रमा पुग्दा थाहा हुन्छ कि रविन्द्र अधिकारीको योगदान र सम्मानको बारेमा । म सधै भ्रष्टाचार विरुद्द लड्ने छु । कुनै पनि हालतमा जनताले दिएको भोट माथि अन्याय हुन दिनेछैन ।”

भिडियो हेर्नुहोस: