प्रेमीसँग मिलेर श्रीमानको ह’त्या, ‘क्राइम पेट्रोल’ हेरेरर शव व्यवस्थापन

प्रेमीसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको ह’त्या गरेके खुलासा भएको छ। भारतको गत ६ अगस्टमा महिलाले आफ्नो श्रीमानको ह’त्या गरी प्रहरीकोमा आफैँ गएर श्रीमान हराएको उजुरी दिइन्।

उक्त मुद्दा अदालतसम्म पुग्यो। प्रहरीले विशेष सूचनाबाट ११ महिनाबाट गायब भइरहेका पुरुषको पहिले नै ह’त्या भएको पत्ता लगायो।

अनुसन्धानका क्रममा उनको शव गाडिएको भन्ने खुलेपछि प्रहरीले शव खोजेका थिए। ११ महिनाअघि नै गाडिएको शवको माथि महिलाले रुख रोपेकी थिइन्। प्रहरीले शव निकाल्न जाँदा त्यो बिरुवा रुख भइसकेको थियो।

प्रहरीले आरोपित महिलालाई प’क्राउ गरेको छ। अनुसन्धानका क्रममा उनले प्रेमी र साथिहरुसँग मिलेर ह’त्या गरेको बताएकी छिन्। सार्थै उनले शव व्यवस्थापनका लागि टिभी सिरियल क्राइम पेट्रोलबाट आइडिया लिएको बताएकी छिन्।