
काठमाडौँ। एयर इन्डियाको एयरबस ए 320-214 विमान नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनुको सट्टा बाराको निजगढ विमानस्थलमा अवतरण भएको खबर भारतको संचार माध्यम ‘जागरण’मा समाचार छ । भारतको यो संचार माध्यम आधिकारिक संचार माध्यम मध्ये एक हो।
एयर इन्डियाको एक विमान आइतबार नेपालको त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टमा अवतरण हुनुको सट्टा नेपालको अर्को बिमान स्थलमा अवतरण भएको समाचारमा उल्लेख छ । समाचार अनुसार उक्त विमान काठमान्डूको राजधानीमा रहेको त्रिभुवन विमानस्थलमा उत्रिनुपर्ने थियो । तर बारामै अवतरण गरियो । बाराबाट फेरी उक्त विमान काठमाडौँ उडाईएको थियो।
समाचारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राज कुमार छेत्रीलाई हवला गर्दै भनेको छ, ‘एयर इन्डियाको विमान विहान ८ बजेर ५५ मिनेटमा काठमाडौँ स्थित विमान स्थलमा अवतरण हुनुपर्ने थियो । तर निर्धारित समयमा त्रिभुवन विमानस्थलको रनवेमा अवतरण नगरी बाराको निजगढ लगियो । पछि नौ बजेर ४५ मिनेटमा उक्त विमान त्रिभुवन एयरपोर्टमा ल्यान्डीङ गराइयो।
उक्त विमान काठमाडौँको सट्टा किन बारा लगेर अवतरण गरि पुन: काठमाडौँ ल्याइयो भन्ने बिषयमा एयर इन्डियाका प्रवक्ता धनन्जय कुमारले भनेका छन् कि कहिलेकाही यस्तो परिस्थितिवश सुरक्षालाई ध्यानमा राखेर पाइलटले निर्धारित एयरपोर्टमा अवतरण नगरी अन्यत्र अवतरण गर्न ठीक मान्छन्। यो त्यस्तै खालको एक घटना हो।
यस विषयमा भारतीय संचार माध्यममा समाचार आउँदा नेपालका संचार माध्यमलाई यो विषयमा कुनै जानकारी छैन । के कारण उक्त भारतीय विमान काठमाडौँमा अवतरण हुन सकेन भन्ने बारेमा पनि कुनै कारण खुलाइएको छैन । भारतीय संचार माध्यमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राज कुमार छेत्रीलाई समेत सम्पर्क गरि विमान बारामा अवतरण भएको बारेमा जानकारी लिएको समाचारमा स्पष्ट छ।
समाचार अनुसार एयर इन्डियाका प्रवक्ताले दिएको जानकारीलाई आधार मान्ने हो भने नेपाल यएरपोर्टमा सुरक्षा चुनौती रहेको कारण उक्त समय उक्त विमान बाराको निजगढ विमान स्थलमा अवतरण भएको बुझ्न सकिन्छ । यस बिषयमा नेपाली संचार माध्यमहरु बेखबर छन्।