पूर्व युवराज पारश शाह फेरि विवादमा आए, ट्राफिक प्रहरीलाई यसरी थर्काए (भिडियोसहित)

काठमाडौं। पूर्व युवराज पारस शाहले बीच सडकमै ट्राफिक प्रहरीसँग ‘झगडा’ गरेका छन्। हेल्मेट प्रयोग नगरी मोटरसाइकल चलाइरहेकका बेला ट्राफिक प्रहरीले रोकेपछि उनी झगडामै उत्रिएका हुन्।

पारस साह शुक्रबार साँझ काठमाडौंको महाराजगञ्ज चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग वादविदामा उत्रिएका हुन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका अनुसार हेल्मेट प्रयोग नगरी केही व्यक्तिले मोटरसाइकल चलाइरहेको देखेपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई रोकेका थिए।

हेल्मेट नलगाइ मोटरसाइकल चलाउनेमध्येका धेरैले प्रहरीसँग गल्ती स्वीकार गरेपनि पारस शाह भने उल्टै वादविवादमा उत्रिएका ट्राफिक महाशाखाका एक प्रहरीको भनाइ छ। पूर्व युवराज पारसले प्रहरीसँग झगडा गरिरहेको विषयमा केही प्रत्यक्षदर्शी (सर्वसाधारण)ले भिडियो समेत खिचेका छन्।

जसमा प्रहरीले उनलाई प्रहरी कार्यालय जान भनिरहेको सुनिन्छ। तर, पारस भने ‘जान्न, म जान्न, के गर्छस्?’ भनिरहेका सुनिन्छ। त्यहाँ रहेका प्रहरी कर्मचारीले सञ्चार सेटमार्फत् तालुक निकायमा खबर गर्दै गाडि पठाउन माग गरिरहेका भिडियोमा सुनिन्छ। त्यसबीचमा पारससँगै आएका उनका समर्थकले हो–हल्ला गरेको पनि भिडियोमा देखिन्छ।

भिडियो