नक्कलि राष्ट्रवाद अति भयो, वीर पूर्खाहरूको विरासत सम्झिँदा आजको पुस्ता हामी का’यरझैं लाग्छ

काठमाडौँ । लोकप्रिय नायिका एवं सामाजिक अभियन्ता रेखा थापाले नेपालको सिमाना मिचिएको बारेमा भारत सरकारसँग सार्थक पहल गर्न सरकारसँग माग गरेकी छन् । हिजोमात्रै भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । एसै बिषय मा नायिका रेखा थापा ले आफ्नो फेसबुक मार्फत बाट एकदम घोर आ’क्रोश देखाएकी छिन । तेसै गरि अन्य कलाकार हरु ले पनि एकदमै बिरोध जनाएका छन । नेपाली सीमा अतिक्र’मण गरी भारतले आफ्नो नक्सा बनाएपछी अहिले देशभर यसको बिरोध भइरहेको छ ।

नेपाली भूभाग लिम्पियाधुरादेखि लिपुलेकसम्मलाई भारतले समेटेर नक्सा बनाएपछी नेपाली नागरिकले वि’रोध गर्दै नक्सा सच्याउन माग गरेका छन् । यसैक्रममा चर्चित नायिका रेखा थापाले पनि आफ्नो फेसबुकमा नक्कलि राष्ट्रवाद अति भयो भन्दै आ’क्रोश पोखेकी छिन् । उनले सुस्ता, कालाकापानी, लिपियाधुरा, लिपुलेक फिर्ता गर्न सरकारले भारतसँग सार्थक कदम चाल्नु पर्ने बताएकी छिन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै भनेकी छिन् हेर्नुहोस नायिका रेखा थापा को स्टाटस जस्ता को तेस्तै:-

आज देशको एक टुक्रा जमिन होईन, हजारौं हेक्टर जमिन गुमेको छ । सिमाना मिचिएका समाचार सुन्दा के गरौं र कसो गरौं हुन्छ । वीर पूर्खाहरूको विरासत सम्झिँदा आजको पुस्ता हामी का’यरझैं लाग्छ । जाई नलाग्ने, आईलागे बाँकी नराख्ने वीरहरूका हामी सन्तानहरू देशको सिमाना फेरिदाँसम्म पनि कुम्भकर्णको निद्रामै छौं । सुस्ता, कालाकापानी,लिपियाधुरा, लिपुलेक फिर्ता गर्न सरकारले भारतसँग सार्थक कदम चालोस्। (नक्कलि राष्ट्रवाद अति भयो)

एस्तै गरेर जापान मा बस्दै आएकी ज्वाला संग्रौलाले पनि आफ्नो फेसबुक बाल बाट लेखेकी छन:- बिगत ६ दशक अघिदेखि बिबादित बनाएर कब्जा गर्दै आएको नेपालको लिपुलेक र कालापानी आज आएर भारतले खुलेआम आफ्नो नयाँ नक्सामा समेट्दा नेपालका ज़िम्मेवार नेता भनाउँदाहरु, कुटनैतिक मामलाका जानकार, परराष्ट्रका हाकिम तथा देशको ठेक्का लिएका ठेकेदारहरु कहाँ निदाएर बसेका छन् ?

उता पाकिस्तान द्वारा शासित हुँदै आएको जम्बु कश्मीर पनि भारतले यहि मौकामा आफ्नो नक्सामा राखेको कारण यस्को घोर आपत्ति र निन्दा गर्दै आफ्नो भुभाग माथि आँखा नगाड्न पाकिस्तानका इमरान खानले खुला चुनौति सहित आफ्नो जमिनमाथी जबर्जस्ती प्रभुत्व जमाउन खोजे सँयुक्त रास्ट्रसँघमा लगेर नरेन्द्र मोदीलाई घुँडा टेकाउने चे’तावनी दिसके र बिहानै सुरक्षा फोर्सको मिटिङ समेत बसाईसके ! हाम्रो देशका निदाएका कुम्भकर्ण जस्ता प्रचन्ड सर र ओली सरले पनि तुरन्त बिज्ञप्ती निकालेर केहि न केहि कदम चाल्नु पर्दैन देशको स्वाभिमानका खातिर ?

हुनत आफ्नी आमालाई समेत बे’चीखानेनदलालको हातमा देश सुम्पेपछि यिनीहरुबाट के अपेक्षा गर्नु ? तसर्थ रास्ट्रको अखण्डता र स्वाभिमान बचाईराख्न अब हामी जनता आफैं नजागी नहुने भैसक्यो । चाँडोभन्दा चाँडो सरकारका हनुमानहरुले यो बिषयलाई गम्भिर रुपमा लिएर समस्याको समाधान गरोस् ! हैन भने राजिनामा दिएर पशुपतिमा गएर आराम गरोस् । त्यसपछि हामी जनता एकजुट भएर हाम्रो देश खोस्ने दक्षिणपन्थीहरुसँग खुल्लम खुल्ला लड्छौं, चाहे त्यो बार्ताको लडाईँ होस् या ब’न्दु’कको..!

नालापानी र देउथलको यु’द्दमा कौयौ दिन पानी समेत नखाई बुढाबुढी र बालबच्चाहरुले बचाएको स्वाभिमानको टुक्रालाई यति सजिलै खोसेर खान कहाँ सजिलो छ मोदी ज्यु ? बीर गोर्खालिका सन्तान हौं, गोर्खा राईफल्सका हजारौं जवानले शत्रुको छातीमा बुट बजाएर तिम्रो जमिन रक्षा गरेको इतिहाँस नभुल । भोलि नेपालमाथी अलिकति पनि गद्दार गर्यौ भने पाकिस्तान र भोटको बोर्डरमा ज्यानको बाजी लगाएर तिम्रो देशको सिमाना बचाउँन तल्लीन हाम्रा जवानहरुले तिम्रो मुन्टो का टेर तिम्रै देशमा बग्ने गंगामा लगेर डु’बाउने छन्..! #भारतीय बिस्तारबाद #मु’र्दाबाद #म_बोल्छु!