फेरी आयो प्रिती आलेको सुन्नै नसकिने दोहोरी ब्याटल (भिडियो)

काठमाडौं । गायिका प्रिती आले छोटो समयै निकै चर्चित गायीकाको नाम हो । उनलाई अहिले विभिन्न सार्वजनिक सांस्कृतिक कार्यक्रममा सहभागी हुन भ्याइ नभ्याइ छ । उनले विहिवार चितवनमा भईरहेको नारायणी महोत्सबमा पुगेर पनि दर्शकलाई मनोरञ्जन दिइन् । घम्साघम्सी दोहोरी गाएकी उनले दर्शकलाई छमछमी नचाइन् ।

कार्यक्रममा हजारौं दर्शकको माझ प्रिती आले र अर्का चर्चित गाएक ढाकाराम पौडेल बीच घमासान दोहोरी चलेको हो। दोहोरो अर्थ लाग्ने दोहोरी गाएर प्रिती र धाकारामाले माहोल तताएका थिए भने दर्शक मजाले झुमेका थिए। चर्चित गाएक प्रकाश सपुत संग दोहोरी ब्याटल गएर छोटै समयमा चर्चामा आएकी गायिका प्रिती आलेको सबै गीतहरु चर्चित रहेका छन।

आजको दोहोरी साँझमा प्रीतिले ,फुल्यो बामरि , लगायत दोहोरी ब्याटल १ र दोहोरी ब्याटल गाएकी थिईन भने अन्त्यमा ढाकाराम पौडेल र प्रीतिको दोहोरी चलेको थियो। गोर्खा मनकामना बोलको गीतमा प्रिती र ढाकारामको बर गोरु र बुढो गोरु को आशयमा दोहोरी भएको थियो हेर्नुहोस यो भिडियो।