अफताब घ’टनाले लियो नयाँ मोड

काठमाडौँ । रौतहटमा १२ वर्षअघि भएको ब म वि स्फोट प्र करणले नयाँ मोड लिएको छ। घटनामा मारि एका भनिएका ओसी अख्तरकी श्रीमतीले उनी मा रिएको नभई वैदेशिक रोजगारीमा गएको निवेदन लिएर अदालत गएपछि उक्त प्रकरणले नयाँ मोड लिने संकेत देखिएको हो। ह त्याको आरोपमा प क्राउ परेका कांग्रेस सांसद मोहम्मत आफताब आलमको घ टनाले गम्भिर मोड लिएको छ । उनको विषयमा थुनछेक बहस जारी रहेको छ । आलमको थुनछेक बहस चलिरहदाँ प्रक रणमा नयाँ ट्वीस्ट देखिएको छ ।

आलमले इटाभट्टमा हालेर जिउँदै ज लाएको भनिएका अख्तरकी पत्नी अमन खातुनले दिएको बयानका कारण घट नामा नयाँ मोड आएको हो । अमनले आफ्ना श्रीमानको ह त्या नभएको बताएकी छिन् । उनको मृ त्यु नभइ, वैदेशिक रोजगारीमा गएर नफर्केको भन्दै अदालतमा निवेदन दिएपछि घट नाले अर्के मोड लिएको हो ।

त्रिलोक प्रताप सिंह र ओशी अख्तर मा रिएको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएपछि आलमलाई प्रहरीले प क्राउ गरेको थियो । उनले जिल्ला अदालत, रौतहटमा पुगेर पति वैदेशिक रोजगारीमा गएर नफर्केको भन्दै निवेदन दिएकी हुन् । तर, निवेदन दर्ता नभइसकेको बताइएको छ ।