पारस खडकालाई फुटबल संघले दियो बिदाई शुभकामना

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान एवम् अलराउन्डर पारस खडकालाई अखिल नेपाल फुटबल संघ(एन्फा) बिदाई शुभकामना दिएको छ । एन्फाले आफ्नो सामाजिक सञ्जालमा पूर्ब कप्तान खडकालाई शुभकामना दिएको हो ।

नेपालमा फुटबल र क्रिकेट सबैभन्दा बढी लोकप्रिय दुई खेल हुन । बिगत्मा दुबै खेलका खेलाडी र संघबीच कुनै चासो देखिएको थिएन । तर पछिल्लो केही महिना यता फुटबलका अधिकारी तथा खेलाडीले क्रिकेटप्रति र क्रिकेटका अधिकारी तथा खेलाडी फुटबलप्रति चासो देखाउँदै आएका छन् ।

एन्फाले अविष्मरणीय अन्तर्राष्ट्रिय क्रिकेट जीवनप्रति बधाई दिदै अगामी यात्राको लागि शुभकामना दिएको हो । बिगत्को परम्परालाई तोड्दै क्रिकेटले फुटबल खेलाडीप्रति सहिष्णु भई मनोबल प्रदान गर्न फुटबल रङशाला पुगेका थिए । नेपालमा कीर्गिस्तान र बङ्गलादेश सम्मिलित त्रिदेशीय कप फुटबल

प्रतियोगिता हुँदा नेपाली प्रशिक्षक तथा खेल अधिकारी हौसला प्रदान गर्न दशरथ रङशाला नै पुगे । त्यसयता अखिल नेपाल फुटबल संघ र नेपाल क्रिकेट संघबीच एक अर्काको सफलतामा शुभकामना तथा बधाई आदानप्रदान हुँदै आएको छ । पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट आज सन्यासको घोषणा गर्नुभएको छ ।