प्रशिक्षक वाटमोर भन्छन्- ‘पारस खड्का मिस हुनेछन्’

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस खड्का क्रिकेटको मैदानमा मिस हुने नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले बताएका छन् ।

कुराकानीमा वाटमोरले यसो भनेका हुन् । ‘पारस दु:ख का साथ मिस हुनेछन् । हामी धेरैले यस्तो हुन्छ भन्ने सोचेका थिएनौ।’ वाटमोरले भनेका छन् ।

३४ वर्षीय पारसले मंगलबार बिहानै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । सन् २००४ मा डेब्यु गरेका पारसले २००९ देखि २०१९ सम्म नेपालको कप्तानी गरेका थिए ।