धार्मिक रितिरिवाजअनुसार धुमधामका साथ साँढे र गाईको बिहे, ५ सय मानिस बिहेभोजमा उपस्थित ! (फोटो)

एजेन्सी। नेपालको छिमेकी मुलुक भारतमा साँढे र गाईको धुमधामका साथ विवाह भएको खबरसहित तस्विर सार्वजनिक भएको छ ।

भारतको मुरादाबादमा गोपाष्टमीको अवसरमा गंगा नामक गाई र प्रकाश नामक साँढेको पूर्ण रीतिरिवाजका साथ विवाह भएको हो ।

जहाँ दुल्हा साँढे बाजागाजाका साथ भजन किर्तन गर्दै ट्याक्टर ट्रलीमा सवार भएर जन्तीसहित विवाहस्थल पुगेको थियो भने यता विवाहस्थलमा बेहुली गाई तर्फका माइतीले जन्तीको भब्य स्वागत गरेका थिए ।

भारतको कानपुर पधांरी जूना अखाडाको महामण्डलेश्वरद्वारा आयोजित उक्त विवाह समारोहमा पाँच सयबढी मानिसको उपस्थिति थियो । विवाह समारोहमा हिन्दु रीत अनुसार बेहुला साँढे र रातो रंगको विवाहको पहिरनमा सजिएकी गाईबीच विवाह भएको थियो ।

विवाहमा जन्तीका लागि भोजको समेत आयोजना गरिएको थियो । उक्त विवाहको उदेश्य गौ संरक्षणलाई बढावा दिने रहेको विवाहमा सरिक ब्राम्हणहरुले बताएका छन् ।

विवाहका केही तस्बिर हेरौँ: