
काठमाडौं। भारतको प्रतिष्ठित टेलिभिजन च्यानल जी टीभिको बाल रियालिटि शो सारेगमा लिटिल च्याम्प्सको सन् २०१९ को संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार प्रसारण भएको श्रङ्खलामा आयुसले उत्कृष्ट प्रस्तुति दिएका थिए । आयुस केसीले तुम मिले बोलको गित गाएका थिए । उनको प्रस्तुतिबाट जज तथा जुली निकै प्रभावित भए । अब उनि फाइनल भिड्ने छन् । उनकोे प्रस्तुति पछि जुली तथा जजहरु स्टेजमा नै पुगेर उनिलाई सम्मान गरेका थिए ।
इटहरीका ११ वर्षिया बाल गायक प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमपा लिटिल च्याम्प्सको फाइनलमा पुगेका छन् । जब प्रतमले ‘लुट गए…’बोलको गीतमा आफ्नो प्रस्तुती दिँदै थिए तब सिंगो हल स्तब्ध भएको थियो । उनले यसरी आङ्ग नै जिरिङ्ग बनाए कि जजहरुसमेत ‘मुक’ बन्न बाध्य भए । उनको प्रस्तुती सकिएको थियो । तैपनि जजहरु सांगीतिक नशामा मुग्ध थिए ।
प्रितमको प्रस्तुती सकिएपछि जजहरुले उनले यो कला भगवानबाटै प्राप्त गरेको भन्न पनि छुटाएनन् । भारतको लोकप्रिय टेलिभिजन जी टिभि मार्फत प्रसारण हुने बाल गयान प्रतियोगिता “सा रे ग म प् लिटल च्याम्प्स” का निकै नै बलियो प्रतियोगीका रुपमा रहेका प्रितम आचार्यको चर्चा पछिल्लो समय निकै नै बढिरहेको छ । मात्र ११ वर्षका प्रितमले आफु ५ वर्षको हुदा नै थालिसकेका थिए । ५ वर्षको उमेरदेखि अहिलेसम्म आइपुग्दा उनको गयकी मात्र हैन उनको बोलीको आत्माविश्वास र शैली नै पुरै परिवर्तन भैसकेको छ ।सुनसरीको इटहरी उपमहानगरपालिका स्थित खाध्गोदम भन्ने ठाउमा बस्दै आएका प्रितम सानै उमेरदेखि निकै चर्को-चर्को स्वरमा गाउथे ।
जस्तो सुकै गीत पनि निकै मिठासका साथ् गाउने खुबी भएका प्रितमले इटहरी मै भएको स्कुल आइडल मा पनि भाग लिएर टप ६ सम्म पुग्न सफल भएका थिए । त्यहि बाटै उनको संगीत यात्राको थालनी भएको हो । इटहरी मा आयोजना हुने हरेक सांगीतिक कार्यक्रममा उनको सहभागिता हुने गरेको थियो । त्यहिबाटै सबैको माया, साथ्, हौसला र प्रशंशा बाट उनि आज संगीतको महामंच सारेगमप् लिटल च्याम्प्स को टप ३० सम्म पुग्न सफल भएका हुन् ।उनी यसअघि कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने सुरसला आइडल का उपविजेता पनि हुन् ।
इटहरीकै विश्व आदर्श स्कुलमा कक्षा ६ मा अध्यनरत प्रितम परिवारका दोश्रो सन्तान हुन् । उनकी दिदि प्रिया कक्षा १० मा यसपाली एसइइ दिदै छिन । उनि पनि इटहरी कै वाई पोइण्टिङ्ग सेकेण्डरी स्कुलमा अध्यनरत छिन । सानै उमेरदेखि संगीतमा लागेका प्रितमको परिवारमा उनका बुबा काशीनाथ आचार्य पनि निकै मिठो गाउछन । सानैमा उनका गाउका एकजना दाजुले उनलाई रेडियो नेपालमा पनि लैजना खोजे तर उनको पारिवारिक वातावरणका कारण उनी जान पाएनन । त्यसकारण उनी जसरि भएपनि आफ्नो छोरो प्रीतमलाइ निकै ठुलो गाएक बनाउने लक्ष छ । जुन पुरा हुदै आइरहेको छ । प्रितामका वाबु काशिनाथ आचार्य इटहरीमै राहेको सिप्रदी कम्पनिमा काम गर्छन भने आमा सामान्य गृहणी हुन् ।
मेगा अडिसनबाट नै उत्कृष्ट प्रस्तुति दिएका उनले उपाधि उचाल्न सफल हुने कार्यक्रम प्रस्तोताले समेत चार जना सुपर स्टार भन्दै उनलाई बोलाएका थिए । यस अघि डान्सिङ्ग रियालिटी सो मा नेपाली चेली तेरीया मगरले उपाधि जितेकी थिईन् । अव गायन रियालिटी सोमा उनिहरुले उपाधि जितेर नेपालको शिर उच्च बनाउने अपेक्षा राखिएको छ । भारतभरका २० हजारभन्दा बढी बाल प्रतिभाहरूलाई उछिन्दै उनी यस चरणमा पुगेका हुन् ।
जब आयुशले आफ्नो प्रस्तुती दिँदै थिए तब वाह…वाह.. का साथ ताली गडगढाइरह्यो । उनीहरुले मार्मिक गीत रोजेका थिए । तैपनि यति सफलतापूर्वक प्रस्तुती दिए कि जजहरु नै आश्चर्यमा परे । प्रस्तुती सकिएपछि समेत उनलाई गीत दोहोराएर गाउन लगाइयो । यसमा उनी झनै अब्बल ठहरिए ।
अझ हलमा त्यतिबेला स्तब्धता छायो जब आयुशकी आमाले नेपाली भाषामै आफ्नो छोराको प्रस्तुतीबारे बताइन् । आमाको नेपाली भनाइलाई किशोर आयुशले नेपालीमा अनुवाद गरेर बताउँदा हरेक नेपालीको शिर सगरमाथाझै अग्लो भएको थियो भने सबैको गला अवरुद्ध हुने अवस्था सिर्जना भएको थियो ।