चढ्दा र झर्दा मान्छेले फरक व्यावहार गर्छन – गायिका रिना केसी

काठमाडौं। समय, परिस्थिति र दर्शक श्रोताको मागले गीत संगीतलाई एक कुरामा अब्बल भएर मात्र नहुने भएको छ । आजभोली केहि नयापन खोजिरहेका हुन्छन । पछिल्लो समय अरुको सिको गरेर गीत निकाल्ने क्रम नभएको होइन ।
नेपाली लोक दोहोरी क्षेत्रका एक चर्चित गायिका हुन् रिना केसी । उनले गाएका पछिल्लो समयका गीतहरु मध्ये “भगेरी चरी” निकै नै चर्चामा आएको गित हो । गीत गाएर उपलब्धि नभए पनि मैले गित गाउन भने छोडेकी छैन । मैले छोटो समय धेरै कुराको अनुभव पाएकी छु । कलाकारको जीवन हुदैन । म हरेक कार्यक्रममा हिडेकी छु तर मान्छेका स्टेज चढ्दा र स्टेज झरिसके पछी व्यवाहार फरक गर्दा रहेछन ।

मैले भगेरी गित गाउनु भन्दा पहिले पनि गायिका भैसकेकी थिए तर त्यो बेला चिनिने रिना केसी भन्दा यहिलेको रिना केसीमा फरक पाएकी छु । म पूर्ण कलाकार भने हैन म भखरै बामे सार्दै छु । नराम्रो काम गरेर मात्र नाम चिनिने हैन । राम्रो काम गरे पनि मान्छे चिनिनु पर्छ भन्ने मेरो मनसाय हो । हाम्रो नेपालि समाज अलि कन्जरभेटिभ छ । आज भन्दा केहि बर्ष पहिले मैले आफ्नो गलाकला देखाउछु भन्दा समाजले हेरेको त्यो दृष्टि अझै मैले भुलेकी छैन । बास्ववमा भन्दा गीतसंगीत बिग्रनको लागि हैन यो सन्तुष्टिको लागि हो । गीतसंगीतबाटै नै हामीले समाजका विकृति विसंगति परस्त पार्नुपर्छ । छोटो समयमा चर्चाको सिखरमा चढन सफल “भगेरी चरी”गीतकी गायिका रिना केसीसंग गरिएको कुराकानी: