सोमप्रसाद पाण्डे पनि माधव नेपाल पक्षधर बैठकमा अनुपस्थित

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा सोमप्रसाद पाण्डे अनुपस्थित भएपछि चासो भएको छ ।

लामो समययता नेपालको साथमा रहेका पाण्डे नाताले सम्धी पनि हुन् । तर, उनी नै बैठकमा नजानुले कतिपय केन्द्रीय सदस्यहरुले मुखामुख गरेका थिए ।

पाण्डे भने आइशोलेशनमा छन् । उनका चालक कोरोना भाइरसको संक्रमित भएपछि उनी कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।

पाण्डेसँग बुझ्दा उनले आइशोलशनमा बस्नुपर्दा बैठकमा नगएको जानकारी गराए । उनले नेताहरुसँग नियमित सम्पर्कमा रहेर काम गरिरहेको समेत बताए ।