भारतले दिएन नेपाललाइ प्याज , चिनले नमागि पठायाे ७ लाख किलाे प्याज

काठमाडौं। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात बढेको छ।भन्सार विभागको तथ्यांकअनुसार ३ महिनाको अवधिमा ३ करोड ६४ लाख रुपैयाँको ७ लाख ९० हजार २ सय किलो आयात भएको छ।

जसमध्ये चीनबाट मात्रै ३ करोड १३ लाख रुपैयाँको ७ लाख ४९ हजार २ सय किलो प्याज आयात भएको विभागले जनाएको खबर आजको कान्तिपुरमा राजु चौधरीले लेखेका छन्।भारतले प्याज उत्पादनमा कमी आएको जनाउँदै असोज दोस्रो सातादेखि निर्यात बन्देज गरेपछि व्यवसायीले विकल्पमा चीन रोजेका हुन्।