काठमाडौंबाट माँडी चल्ने नाइट बसको बाटो छेकेर हात्तिले आक्र’मण गर्न खोजेपछि…(भिडियोसहित)

चितवन। सामाजिक सञ्जाल फेसबुकमा अहिले एक भिडियो भाइरल भैरहेको छ । जसमा एक हात्तिले बसको बाटो छेक्छ । फेसबुकमा भिडियो अपलोड गर्ने बुद्धिबहादुर गुरुङ्गले राखेको जानकारी अनुसार काठमाडौंबाट माँडी हुँदै ठोरी चल्ने नाइट बसमा यो घटना घटेको हो ।

गुरुङ्गका अनुसार आज (शनिबार) उक्त घटना घटेको उनले जानकारी दिएका छन् । उनका अनुसार चौतारा भन्दा माथिल्लो अमुवा पोष्ट नजिकै एउटा माउते हात्तिले बसको बाटो छेकेको हो । हात्तिको आक्रमणबाट जोगाउन उक्त बसका ड्राइभर बढो सावधानी अपनाएको भिडियोमा देख्न सकिन्छ । उनले प्रेसर हर्न हानेर हात्तिलाई भगाउन सफल भएका छन् । हर्न बजाउँदा हात्ति बसनजिकै आएको थियो । हात्ति नजिकै आएको देखेर बसमा सवार रहेका यात्रुहरु डराएर चिच्चाएको भिडियो प्रष्ट सुन्न सकिन्छ ।

डराएका यात्रुहरुलाई सान्तवना दिँदै नचिच्याउन आग्रह गर्दै ड्राइभरले लगातार प्रेसर हर्न बजाएपछि हात्तिले बाटो छाडिदिएको थियो ।

तलको भिडियोमा हेर्नुहोस्: