क्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानीको डान्स… (भिडियोसहित)

काठमाडौ। नेपालका पुर्व राजपरिवार नाइट क्लबमा देखिरहन्छन् । पुर्व राजा ज्ञानेन्द्र शाह सपरिवार क्लबमा पुगेर रमाइलो गर्छन् । सार्वजनिक ठाउँहरुमा खासै नदेखिने पुर्वराजालाई क्लबमा देखेर राजाको नारा लगाउने जमात ठूलै छ । कहिले त्रिसरा त कहिले लिक्विड लन्जमा आइरहन्छन् । उनीहरुको तस्बिर जब समाजिक संजालमा अपलोड हुन्छ, त्यो भाइरल नै भइदिन्छ ।

गएराति पुर्वराज परिवार काठमाडौँको लर्ड अफ ड्रिंक्स क्लबमा देखिए । पुर्व राजाको नाममा अधिकांश युवाहरु समर्थन गर्दै ‘राजा आऊ, देश बचाउ’, ‘मेरो प्यारो राजा’ लगायतका नारा लगाईरहेका थिए । यत्तिकैमा पुर्व राजाले गीतको तालमा नाचे । युवाको जमात झनै वाइल्ड हुदैँ थियो । त्यसपछि, हिमानीले ‘रातो र चन्द्र सूर्य’ बोलको गितमा हात उठाई उठाई नाचेपछि युवाहरुले ‘राजा आउ, देश बचाऊ’ को नारा नलगाई बस्नै सक्नेन । पुर्वराजपरिवारको शालिन विशेषताले जनतालाई झन् नजिक पुर्योइरहेको अवस्था छ ।

पुर्व युवराज पारश शाह निरन्तर विवादमा आइरहदा पनि राजपरिवार नाइट क्लबमा बसेर आफ्ना जनतासँग रमाइरहेका छन् । शाहको बच्चा स्वभावले राजपरिवारको इज्जतमा दाग लगाउन खोजेपनि राजपरिवारको हैसियत क्लबहरुमा देखिन्छ । जब युवाको जमातसँग पुर्व राजपरिवार नजिकिन्छ त्यहाँ माहोल फरक देखिन्छ । जे होस्, पारशको धमिलो छवि भएपनि पुर्वराजा र राजपरिवारले जनतासँग देखाएको व्यवहारले भने पक्कै पनि पुर्व राजपरिवारलाई शक्तिशालि बनाइरहेको छ ।