जिम्वाब्वेका स्वास्थ्य मन्त्रीले भने, चीनमा बनेकाे क’ण्डम सानो भयो

एजेन्सी। चीनको एक कण्डम निर्माता कम्पनीले आगामी दिनमा आफ्नो कम्पनीबाट विभिन्न आकारमा क’ण्डम उत्पादन गर्ने बताएको छ । जिम्वाब्वेको स्वास्थ्य मन्त्रीले चीनमा बनाएको क’ण्डम सानो भएको भन्दै प्रतिक्रिया जनाएपछि निर्माता कम्पनीले विभिन्न आकारमा उत्पादन गर्ने बताएको हो ।

जिम्वाब्वेका स्वास्थ्य मन्त्री डेभिड परिरेन्यात्वाले चीनले सानो आकारमा कण्डम उत्पादन गरी पठाउने गरेको बताएका थिए । गत हप्ता जिम्वाब्वेको राजधानी हरारेमा एचआइभी/एड्स रोकथाम तथा जानकारीमूलक एक कार्यक्रममा सम्बोधन गर्दै उनले चीनमा बनेको क’ण्डमले युवालाई काम नदिएको बताएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री परिरेन्यात्वाले भने, ‘दक्षिण अफ्रिकामा एचआइभी संक्रमण अत्याधिक रुपमा बढेको छ । हामी यसलाई रोकथाम गर्न क’ण्डम प्रयोगलाई जोड दिँदै आइरहेका छौँ ।’ उनले थपे, ‘अहिले युवाहरुमा विशेष कण्डमप्रति आकर्षण बढेको छ, तर हाम्रो देशमा निर्माण हुँदैन । त्यसैले हामीले चीनबाट आयात गर्दै आएका थियौँ । चीनमा निर्माण भएको कण्डमको आकार सानो भएकाले युवाहरुले गुनासो गरेका छन् । अब आगामी दिनमा हामीले नै उत्पादन गर्नु पर्छ ।’

चिनियाँ क’ण्डम निर्माता कम्पनी ड्याक्सियका प्रमुख झाओ चुआनले भने आफ्नो कम्पनीबाट विभिन्न आकारमा गर्भनिरोधक सामाग्री उत्पादन हुँदै आएको बताएका छन् । यसका साथै आगामी दिनमा पनि यस विषयमा थप आकारहरुमा निर्माण गर्ने बताए । उनले भने, ‘विश्वभारमा विभिन्न किसिमका ग्राहकहरु रहेका हुन्छन् । त्यसैले हामीले सोहीअनुसार उत्पादन गरेर बजारमा पठाएका छौँ । आगामी दिनमा हामी विभिन्न क्षेत्रमा गएर सर्वेक्षण गरी उत्पादनमा ध्यान दिने प्रतिबद्धता प्रकट गर्छौँ ।’

जिम्बाब्वे अफ्रिकामा सबैभन्दा बढी एचआइभी/एड्सबाट प्रभावित देशहरूमध्ये एक हो । एक सर्वेक्षणका अनुसार यस देशमा करिब १३.५ प्रतिशत युवाहरु एड्सबाट संक्रमित भएका छन् । तर कन्डमको प्रयोग संक्रमणमा केही कमी गर्ने विधि मात्रै हो ।

जिम्वाब्वे विश्वभरमा बढी कन्डम आयात गर्ने देशमध्ये एक हो । राष्ट्रिय स्वास्थ्य र परिवार योजना आयोगका अनुसार चीन विश्वको सबैभन्दा धेरै क’न्डम उत्पादन गर्ने देश हो ।