यस्तो छ नख्खु जे’लमा आलमको दिनचर्या

काठमाडाैं । आफैँले बनाउन लगाएको ब म वि स्फोटमा घा इते भएकाहरूलाई जि’उँदै इँटाभट्टामा हाल्ने अफ्ताब आलमलाई ललितपुरको नख्खु जे’लमा राखिएको छ । शनिबार बिहान नख्खु ल्याइएका आलमलाई सिआरसी (कम्युनिटी रिह्याबिटेसन सेन्टर) ब्लकमा राखिएको छ । यो ब्लकमा लागुऔषध दुर्व्य सनी र ह त्या अभियोगका थु’नुवा राखिन्छ ।

नख्खु का’रागार स्रोतका अनुसार शनिबार बिदाको दिन परेकाले उनलाई लागुऔषध दुर्व्यसनीका थुनुवासँगै राखिएको छ । पुर्पक्षका लागि जे’ल पठाउन रौतहट जिल्ला अदालतले आदेश दिएपछि शुक्रबार राति गौरबाट हिँडाइएका आलमलाई शनिबार बिहान ४ बजे नख्खु पुर्‍याइएको थियो । आजकाे नयाँ पत्रिकामा समाचार छापिएकाे छ,

शनिबार उनले सिआरसी ब्लकमै आराम गरेका थिए । उनी दिउँसो एकछिन का’रागारभित्रै टहलिएका थिए । केहीबेर आफन्तसँग पनि भेटघाट गरेको कारागार स्रोतले बतायो । मधुमेहका रोगी आलमलाई परिवारले कारागारमै औषधि लगिदिएका थिए ।

प्रहरीको अनुसन्धान मात्र होइन, मिडिया र खासगरी नयाँ पत्रिकाको समाचारप्रति आलमले असन्तोष व्यक्त गरेका छन् । रौतहट अदालतबाट जेल हिँड्नुअघि एसपी भूपेन्द्र खत्रीलाई आलमले भनेका थिए, ‘नयाँ पत्रिकाले जे–जे भन्यो, तपाईंहरूले त्यही–त्यही मान्नुभयो, ठीकै छ ।’ एसपी खत्रीको जवाफ थियो, ‘मिडियाले आफ्नो सूचनाका आधारमा लेख्छ, हामीले आफ्नो अनुसन्धानका आधारमा मुद्दा चलाएका हौँ ।’

उता, राजपुर ब म वि स्फोटमा घा इते भएर जिउँदै इँटाभट्टामा जलाइएका ओसी अख्तरकी आमा रुक्साना खातुनको ह त्या पनि अफ्ताव आलमले नै गरेको प्रारम्भिक निष्कर्ष प्रहरीको छ । रुक्साना ह त्या घ टनाको प्रहरीले पुनः अनुसन्धानसमेत गर्ने भएको छ ।

प्रहरीको अनुसन्धान मात्र होइन, मिडिया र खासगरी नयाँ पत्रिकाको समाचारप्रति आलमले असन्तोष व्यक्त गरेका छन् । रौतहट अदालतबाट जेल हिँड्नुअघि एसपी भूपेन्द्र खत्रीलाई आलमले भनेका थिए, ‘नयाँ पत्रिकाले जे–जे भन्यो, तपाईंहरूले त्यही–त्यही मान्नुभयो, ठीकै छ ।’ एसपी खत्रीको जवाफ थियो, ‘मिडियाले आफ्नो सूचनाका आधारमा लेख्छ, हामीले आफ्नो अनुसन्धानका आधारमा मुद्दा चलाएका हौँ ।’

‘राजपुर घटनापछि ओसीकी आमा आलमवि’रुद्ध कारबाही हुनुपर्ने भन्दै कानुनी लडाइँमा उत्रेकी थिइन् । त्यही क्रममा उनको ह त्या भयो,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले भने, ‘यो घट ना आलमसँग जोडिएको देखिएकाले हामीले अनुसन्धान थालेका छौँ ।’

छोरा ओसी मारिएपछि रुक्सानाले आलमवि’रुद्ध जाहेरी दिएकी थिइन् । न्यायका लागि लड्दालड्दै उनलाई आलमले मुद्दा फिर्ता लिन ध’म्की र प्रलोभनको दबाब दिएका थिए । तर, मुद्दा फिर्ता नलिएकी उनको १० माघ ०६७ मा गो ली हानी हत्या भएको थियो । उनको हत्यापछि श्रीमान् जोवर मियाँ कवाडीले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले घ’टनामा संलग्न भएको आशंकामा रुक्सानाका सहोदर देवर अदुद मियाँ कवाडीलाई प’क्राउ गरे पनि अनुसन्धान नगरी छाडेको थियो ।

प्रहरीका अनुसार हत्या अभियोगमा प’क्राउ परेका मियाँले स्थानीय जमिन्दार तथा कांग्रेसका स्थानीय नेता अली महम्मदको नाम पोलेका थिए । पछि प्रहरीले उनलाई पनि पक्राउ ग¥यो । महम्मदले जाहेरीकर्ता जोवरलाई ४ कट्ठा जमिन दिएपछि मिलापत्रमा मुद्दा टुंगिएको थियो ।

रौतहट प्रहरीका अनुसार महम्मद आलमका कर्ताकर्ता हुन् । प्रहरी स्रोतका अनुसार आलमकै निर्देशनपछि महम्मदले जोवरलाई ४ कट्ठा जग्गा दिएका थिए । रुक्सानाका श्रीमान् जोवर अहिले वैदेशिक रोजगारीका क्रममा दुबईमा छन् । उनले रुक्सानाको मृ त्युलगत्तै अर्को विवाह गरेका थिए ।

‘रुक्साना र ओसी ह त्या घ’टनाबीच केही सम्बन्ध रहेको पाइएको छ । हामीले नयाँ सिराबाट अनुसन्धान गरिरहेका छौँ । पक्कै पनि केही नयाँ तथ्य फेला पर्ला,’ एसपी खत्रीले भने ।