
क्वालालम्पुर। इदको अवसर पारेर साङ्गितिक मनोरञ्जन गराउन मलेसिया पुगेका कलाकारहरुलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय कलाकारका साथै नेपाली कलाकारसमेत छन्।
एस।एस।ओ।जी। ग्रुपद्वारा आयोजित उक्त कार्यक्रममा नेपालबाट गएका गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदाम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेको हुन्।
मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्पेल्क्समा भएको उक्त कार्यक्रममा अध्यागमनले स्थानीय समय अनुसार ३ बजे छापा मारेको थियो । नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुति दिन नपाउदै अध्यागमनले छापा मारेपछि कार्यक्रम नै स्थगित बनेको थियो भने दर्शकहरुमा त्रास को माहौल फैलिएको थियो।
पक्राउ परेका आयोजक र कलाकार हरुलाई पुत्राजाया अध्यागमनमा लगिएको छ । मलेसियामा साङ्गितिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमती लिनुपर्ने हुन्छ।