
नयाँदिल्ली । हालैमा संसारभर नै विश्व वातावरण दिवस मनाइएको छ । अहिले विकास हुँदै गरेका देशहरुमा वातावरणको अवस्था निकै कमजोर भएको ब्याख्या हुने गरेको छ ।
भारत–चीन लगायतका देशहरु आजको विश्वमा तिव्र विकासको गतिमा दौडिरहेका छन् । भौतीक संरचना लगायतका कुराहरु अहिले यी देशहरुमा निर्माण भइरहेका छन्।
बढ्दो उद्योग धन्दा र कमजोर व्यवस्थापनले यी देशहरुमा गम्भीर असर देखिएको छ । जलवायु परिवर्तन लगायतका समस्या छिमेकी देशहरुले पनि भोग्नु परेको छ ।
दुई ठुला छिमेकीले गरेको गल्तीको परिणाम नेपाल लगायतका देशहरुले पनि भोग्दै आएका छन् । यो बिचमा अमरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनको मुद्धामा भारत, चीन र रूसको आलोचना गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘भारत, रूस र चीनजस्ता देशहरुमा शुद्ध पिउने पानी र हावाको अभाव छ । विश्व पर्यावरणलाई लिएर यी देशहरु सकारात्मक छैनन्, न त यीनीहरु आफ्नो जिम्मेवारीबारे सजग नैं छन् ।
यी देशहरुले वातावरण प्रदुर्शन र सरसफाइलाई गम्भीरतापुर्वक लिनुपर्छ ।’ बेलायत भ्रमणमा रहनु भएका उहाँले आईटीवी च्यानललाई दिएको अनतरवार्तामा यस्तो बताउनुभएको हो ।
उहाँले अगाडी थप्दै भन्नुभयो, ‘अमेरिका विश्वमा भएका सबैभन्दा स्वच्छ देशहरु मध्यको एक हो । यो कुरा विभिन्न अध्यनहरुबाट स्पष्ट भएको छ । हामी सुधारको प्रयास गरिरहेका छौं । तर अर्को तर्फ भारत, चीन र रूसजस्ता केही देशहरु स्वच्छता र प्रदूषणलाई बुझ्ने प्रयाससम्म गर्दैनन् ।’
उहाँका अनुसार भारत लगायतका देशहरुमा स्वच्छ हावा नै पाइदैन । यी देशका जनताहरुले शुद्ध पानी पनि पिउन नपाएको उहाँले स्पष्ट पार्नुभयो । भारत–चीन र रुसका केही शहरहरुमा मानिसहरुले अक्सिजन पनि नपाएको भन्दै उहाँले आलोचना गर्नुभएको छ । बीबीसी