‘पास्टरले शरीरभरि चिरे अनि मर्‍यो भन्दै फ्याँकिदिए’ (भिडियोसहित)

इटहरी। ‘यो मेरो दोस्रो जुनी हो। चर्चका पास्टरले मलाई मारेर फ्याँकेका थिए। मलाई कसले कसरी बचायो थाहा छैन। सायद प्रभुले बचाउनुभयो होला,’ २५ वर्षीय ओपिन साह आफ्नो तितो अनुभव सुनाउँछन्।

चर्चपीडितहरू मध्ये ओपिन पनि एक हुन्। विश्व सुसमाचार समाज (सियोन) पीडित अभिषेक कार्की र आयुसा चौधरीले आफ्नो पीडा बाहिर ल्याएसँगै सियोन चर्चपीडितहरू बिस्तारै खुल्न थालेका हुन्।

सियोनका पास्टरहरूले दुःख दिएको भन्दै धेरै जनाले चर्च छाडेर बाहिरिइसकेका छन्। त्यसैमध्येका एक हुन्, साह। पास्टर र उनका सहयोगीले यातना दिएर फ्याँके पनिआफू बाँच्न सफल भएको उनको भनाइ छ।

ओपिनको चर्च प्रवेश
यसअघि अभिषेक कार्की, आयुसा चौधरी र राजेन्द्र सिटौलाले आफ्नो पीडादायी अुनभव बाहिर ल्याएका थिए। धनुषाको जनकपुर घर भएका साह आफ्नो पीडा सुनाउनकै लागि इटहरी आएका हुन्। ‘उहाँहरुको कुरा मैले मिडियामार्फत थाहा पाएँ,’ साह भन्छन्, ‘मलाई पनि आफ्नो पीडा ओकल्न मन लागेर इटहरी आएको हुँ।’

साह सन् २०१३ मा उनी सियोनमा आबद्ध भए। छिमेकी दाइ मन्दीप साहको आग्रहमा सियोनको सदस्य बनेको उनी बताउँछन्। जब उनी सियोनमा प्रवेश गरे, परिवारले रुचाएनन्। त्यसपछि मन्दीपसँग उनी पनि इटहरी आए।

त्यसबेला इटहरी सियोनका प्रमुख थिए, कोरियाली नागरिक ‘सन जे हुन’। उनी हुनले अभिषेक र आयुसामाथि हातपात गर्न लगाएका थिए।

इटहरीमा केही दिन बसेपछि ओपिन साहलाई इनरुवा पठाइयो। त्यसबेला केशव दुलाल इनरुवा सियोनका प्रमुख थिए। इटहरीमा रहँदा कोरियाली नागरिकले अगमवक्ता (प्रमुख) ले जे भन्यो त्यही मान्नु भनेर अह्राएका थिए। ‘अगमवक्ताले भनेको नमाने प्रभु रिसाउनुहुन्छ र तिमी व्यभिचारी देखिन्छौ’ उनको आदेश थियो।

केही दिन चर्चमा नियमित प्रार्थना गरेपछि दुलालले साहलाई काममा पठाउन थाले। घर बनाउने मिस्त्रीको काम गर्थे उनी। दैनिक ४ देखि ५ सय रुपैयाँ कमाइ हुन्थ्यो। तर उनले एक रुपैयाँ पनि खर्च गर्न पाउँदैन थिए।

कमाएको जति सबै पैसा तिनै दुलाललाई बुझाउनुपर्थ्यो। उनी जस्तै अन्य दुई युवक पनि यसरी नै काम गर्थे र पैसा बुझाउँथे। हरेक शनिबार बिदा हुन्थ्यो। त्यस दिन पास्टर दुलालले उनीहरूलाई २ सय ५० रुपैयाँ दिन्थे।

केही महिना त्यसैगरी चल्यो। बीचमा केही गल्ती नगर्दा विभिन्न आरोप लगाउँदै दुलालले धम्क्याउन थाले।

धेरै दबाब आएपछि साह भागेर घर फर्किए। पहिले नै असन्तुष्ट परिवारको उनलाई हेर्ने नजर राम्रो थिएन। के गर्ने, कसो गर्नेमा उनी सोचमग्न भए। त्यहीबेला चर्चबाट बारम्बार फोन आइरहेकोल थप तनावमा थिए। ‘कोरियन पास्टरले भनेको एकपटक आउनू रे’ भन्दै फोन आयो। त्यसपछि म फेरि इनरुवा गएँ,’ उनी भन्छन्।

बिना पारिश्रमिक पास्टरको घर निर्माण
इनरुवा आएको केही दिनमै दुलालले साहलाई मोरङको लेटाङ जान अह्राए। लेटाङ सियोनका पास्टर राजन श्रेष्ठको घर बनाउने काममा लागे उनी। करिब २ महिना काम गरेपछि इनरुवा फर्किए। लेटाङमा एक रुपैयाँ पनि पारिश्रमिक नदिई काम लगाएको उनी सुनाउँछन्।

त्यसपछि लहान जानुपर्ने भयो। त्यहाँ काम गरेको पैसा पनि सबै उनै दुलालले लगे। ‘परमेश्वरको लागि भन्दै सबै पारिश्रमिक दुलालले नै लगे,’ साह भन्छन्, ‘खान पनि नदिने। कतै हिँड्न डुल्न नदिने। कोहीसँग बोल्यो भने किन बोलिस् धोती भन्दै कुट्ने गर्थे। हरेक वाक्यमा धोती भनेर बोलाउँथ्यो। धेरै पीडा भएपछि एक्लै बसेर रुन्थेँ।’ पुरा पढ्न र भिडियो हेर्नका लागि यहाँ जानुहोस्